close

क्वालकमले सार्वजनिक गर्यो नयाँ प्रोसेसर, यस्ता छन् विशेषता

टेकपाना टेकपाना

मंसिर १५, २०७८ ८:३१

क्वालकमले सार्वजनिक गर्यो नयाँ प्रोसेसर, यस्ता छन् विशेषता

काठमाडौं । चिप निर्माता कम्पनी क्वालकमले स्मार्टफोनको लागि आफ्नो नयाँ प्रोसेसर सार्वजनिक गरेको छ । स्न्यापड्र्यागन एट जेन वान नाम दिइएको यो प्रोसेसरलाई कम्पनीले आफ्नो वार्षिक स्न्यापड्र्यागन टेक समिटको क्रममा सार्वजनिक गरेको हो । यो प्रोसेसर आगामी वर्ष सार्वजनिक हुने महंगा स्मार्टफोनमा प्रयोग हुनेछ ।

नयाँ प्रोसेसर गत वर्ष कम्पनीले सार्वजनिक गरेको स्न्यापड्र्यागन ८८८ को परिस्कृत रुप हो । क्वालकमले अघिल्ला वर्षसम्म आफ्नो प्रोसेसरलाई तीन वटा अंकको नाम दिंदै आएकोमा यो पटक नाम राख्ने शैली परिवर्तन गरिएको छ

नयाँ प्रोसेसरमा क्वालकमले केही सुधारहरु थप गरेको छ । यसको कार्यक्षमता, क्यामेरा प्रविधि, एआई क्षमता र सुरक्षा फिचरमा सुधार गरिएको कम्पनीले जनाएको छ ।

नयाँ प्रोसेसरको आकार क्वालकमको पछिल्ला प्रोसेसरको भन्दा केही सानो भए पनि कार्यक्षमताका हिसाबले यसमा धेरै सुधार गरिएको कम्पनीले जनाएको छ ।

क्वालकमका अनुसार नयाँ प्रोसेसरमा पछिल्लो प्रोसेसरमा भन्दा २० प्रतिशत बढी कार्यक्षमता रहनेछ भने यसले खपत् गर्ने ऊर्जामा ३० प्रतिशतले कमी आउनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२