ट्रेन्डिङ:
डिजिटल कारोबारलाई सस्तो र सजिलो बनाउँदै कनेक्ट आईपीएस आकर्षक फिचरसहित साओमीको ‘मि ब्याण्ड सिक्स’ नेपाली बजारमा, कति होला मूल्य ? फेसबुकमा तपाईंको फ्रेन्ड रिक्वेस्ट कसले एक्सेप्ट गरेन ? यस्ताे छ थाहा पाउने सजिलाे तरिका अब नेटफ्लिक्समा पनि लाइभ स्ट्रिमिङ एक वर्षमा भित्रियो ४४ लाख मोबाइल सेट, तर बजारमा अभाव जिमेलका उपयोगी १० टिप्स, जसले अन्त्य गर्नेछ तपाईंको झन्झट करिब १९ घण्टापछि प्ले स्टोरमा फर्कियो ईसेवा तपाईंको पुरानो फोन नम्बर कहाँ छ ? त्यसैबाट यसरी हुनसक्छ ह्याकिङ यी १० कारणले ल्यापटपभन्दा डेस्कटप राम्रो पिक्सेल टचका डिजिटल डिस्प्ले र क्यामेरा अब पोखरामा पनि
close

डिजिटल कारोबारलाई सस्तो र सजिलो बनाउँदै कनेक्ट आईपीएस

टेकपाना टेकपाना

मंसिर १७, २०७८

डिजिटल कारोबारलाई सस्तो र सजिलो बनाउँदै कनेक्ट आईपीएस

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले सञ्चालनमा ल्याएको कनेक्ट आईपीएसमार्फत् विभिन्न किसिमका भुक्तानी कारोबार गर्न सकिन्छ । गत आर्थिक वर्षमा मात्रै यस प्रणालीबाट १४ खर्ब आठ अर्ब ४ करोड ८० लाख रुपैयाँको कारोबार भएको थियो ।

यसपछि पनि हरेक महिना कनेक्ट आईपीएसबाट हुने कारोबार संख्या र रकम बढेको देखिन्छ । यसैबीच एनसीएचएलले कनेक्ट आईपीएसको कारोबार शुल्क घटाएको छ ।

नयाँ कारोबार शुल्कअनुरुप बैंक/वित्तीय संस्था तथा भुक्तानी सेवाप्रदायकका ग्राहकले अब कारोबार रकमबमोजिम दुईदेखि आठ रुपैयाँसम्मको प्रतिकारोबार शुल्कमा भुक्तानी गर्न सक्नेछन् ।

रु. ५०० सम्मको भुक्तानीमा प्रतिकारोबार शुल्क दुई रुपैयाँ, रु. ५०० भन्दामाथि रु. ५,००० सम्म प्रतिकारोबार शुल्क चार रूपैयाँ र रु. ५,००० भन्दामाथिको भुक्तानी रकममा कारोबार शुल्क आठ रुपैयाँ लागू हुने भएको छ ।

यसले ग्राहकलाई एनसीएचएलका कनेक्टआईपीएस वेब/मोबाइल एप, बैंक/वित्तीय संस्थाका मोबाइल/इन्टरनेट बैंकिङ्ग वालेटमा फण्ड लोड/विथड्र लगायतका विभिन्न भुक्तानी गर्न थप सहज हुने विश्वास गरिएको छ ।

कनेक्ट आईपीएसबाट सरकारी राजस्व भुक्तानीमा भने पहिले नै प्रति कारोबार शुल्क दुईदेखि पाँच रुपैयाँ कायम रहेको छ ।

नेपाल राष्ट्र बैंकको मार्गनिर्देशन बमोजिम डिजिटल भुक्तानीको थप प्रवर्द्धनका निम्ति एनसीएचएलले समय–समयमा यथोचित रुपमा कारोबार शुल्क परिवर्तन गर्ने गरेको छ ।

हालै नेपाल राष्ट्र बैंकबाट बैंक/वित्तीय संस्थाको मोबाइल बैंकिङ्गमा कारोबर शुल्क रु १० देखि अधिकतम रु ३० सम्म तोकिएको थियो । चालु आर्थिक वर्षको पहिलो चार महिनामा नै कनेक्ट आईपीएसमा कारोबार संख्या तथा कारोबार रकमको आधारमा २२५ प्रतिशत वृद्धि भएको छ ।

त्यसैगरी उक्त प्रणालीमा हाल दैनिक औषत कारोबार संख्या ११७,०१२ तथा रकमको आधारमा दैनिक औसत रु ८.३ अर्ब बराबरको रहेको छ । कारोबार शुल्कमा गरिएको यस परिवर्तनले वैकल्पिक च्यानलहरु मार्फत गरिने रियल टाइम भुक्तानीलाई थप टेवा पुग्ने विश्वास गरिएकाे छ ।