close

यस्तो देखियो ‘नेपाल आईओटी च्यालेन्ज’ (फोटो फिचर)

टेकपाना टेकपाना

मंसिर १८, २०७८ १९:३७

काठमाडौं । काठमाडौंमा रहेको सफ्टवेरिका कलेज अफ आईटी एण्ड ईकमर्सले कोभेन्ट्री विश्वविद्यालयको सहकार्यमा ‘नेपाल आईओटी च्यालेन्ज’ सुरु गरेको छ । जसमा कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै आईओटीसँग सम्बन्धित विद्यार्थीले बनाएका विभिन्न परियोजना प्रदर्शनीमा राखिएका छन् ।

प्रदर्शनीमा विद्यार्थीहरूले बनाएका ड्रोन, स्मार्ट होम, विद्युतीय सवारी, अटोनोमस सवारी, ट्राफिक म्यानेजमेन्ट सिस्टम, स्मार्ट एग्रिकल्चर, स्मार्ट पार्किङ, फ्लड डिटेक्सन, स्मार्ट सेक्युरिटी, फायर कन्ट्रोल रोबोट राखिएका छन् । प्रवेश निःशुल्क रहेको प्रदर्शनी सफ्टवेरिका कलेजको प्राङ्गण डिल्लीबजारमा भइरहेको छ ।

विद्यार्थीहरूले आफूसँग भएको प्रतिभा देखाउन यो प्रतियोगितामा पाँच जना सदस्यको समूह बनाएर विद्यार्थी सहभागी भएका छन् । दर्ता भएका समूहहरूलाई कलेजले गरेको १० दिने निःशुल्क बुटक्याम्पमा आईओटी प्रशिक्षण दिएको थियो ।

प्रशिक्षण सकिएपछि विद्यार्थी समूहले बनाएका आईओटी प्रोजेक्टको प्रदर्शनी आयोजना गरिएको हो । यसरी प्रदर्शनीमा राखिएका प्रोजेक्टहरू मध्ये अवलोकनकर्ताको भोटको आधारमा तीन उत्कृष्टलाई नगद पुरस्कार दिइने पौडेलले बताए ।

पहिलो हुनेले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो र तेस्रो हुनेले क्रमश: ३० हजार रुपैयाँ र २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

पछिल्लो अध्यावधिक: चैत ६, २०८० १०:४४