close

वर्ल्डलिङ्कको मोबाइल एपमा नेपाली भाषा, यसरी गुर्नहोस् प्रयोग

टेकपाना टेकपाना

पुस १९, २०७७ २०:१०

वर्ल्डलिङ्कको मोबाइल एपमा नेपाली भाषा, यसरी गुर्नहोस् प्रयोग

काठमाडौं । इन्टरेनट सेवा प्रदायक कम्पनी वर्ल्डलि‌ं‌कले ग्राहकलाई उपलब्ध गराउँदै आएको मोबाइल एप ‘माईवर्ल्डलि‌ं‌क’ मा नेपाली भाषामा पनि उपलब्ध भएको छ ।

आफ्ना ग्राहकको सहजताको लागि भन्द कम्पनीले एपमा नेपाली भाषा थप गरेको हो । उक्त एपमार्फत प्रयोगकर्ताले आफ्नो इन्टरनेट कनेक्सनको सम्पूर्ण जानकारी लिन सक्नेछन् ।

यसको अर्थ एपमार्फत प्रयोगकर्ताले इन्टरनेटको समय सकिने समय, इन्टरनेटको स्पिड, राउटरको अवस्था, इन्टरनेट युजेजबार जानकारी लिन सक्नुहुनेछ ।

साथै कम्पनीले उपलब्ध गराउँदै आएको ‘सेफ नेट’ फिचर प्रयोग गर्न, नेट टिभी सब्स्क्राइभ गर्न, इन्टरनेटको स्पिड परिक्षण गर्न र त्यहीबाट सर्पोटका लागि टिकेट लिने अथवा कलसेन्टरमा सोझै कल गर्न समेत सकिन्छ ।

ग्राहकको सहजताको लागि यसरी एपमार्फत सेवा उपलब्ध गराउँदै आएको कम्पनीले त्यसलाई अझ प्रभावकारी बनाउन नेपाली भाषा समेत उपलब्ध गराएको हो । यो सेवा हाल एन्ड्रोइड प्रयोगकर्ताले मात्रै प्रयोग गर्न पाउने छन् । कम्पनीका अनुसार आईओएसका लागि यो फिचर चाँडै उपलब्ध हुनेछ ।

यसरी गर्नुहाेस् प्रयोग

त्यसका लागि वर्ल्डलि‌ं‌कको मोबाइल एप ‘माईवर्ल्डलि‌ं‌क’ खोल्नुहोस् । दायाँपट्टि तल रहेको ‘मोर’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् । त्यहाँ केही तल तपाईंले ‘सेटिङ’ भन्ने अप्सन देख्नुहुनेछ ।

उक्त सेटिङमा क्लिक गरी भित्र रहेको ‘सेलेक्ट ल्याङ्वेज’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् । जहाँ तपाईंले ‘अग्रेजी’ र ‘नेपाली’ भन्ने अप्सन देख्नुहुनेछ ।

त्यमध्य नेपाली छनोट गरी तपाईंले नेपाली भाषमा वर्ल्डलिंकको मोबाइल एप ‘माईवर्ल्डलि‌ं‌क’ प्रयोग गर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०