close

८ जीबी र्‍याम र शक्तिशाली ब्याट्री सहित नेपाली बजारमा भिभो वाई ५१ आउँदै

टेकपाना टेकपाना

पुस २९, २०७७ १२:५७

८ जीबी र्‍याम र शक्तिशाली ब्याट्री सहित नेपाली बजारमा भिभो वाई ५१ आउँदै

काठमाडौं । प्रिमियम स्मार्टफोन ब्राण्ड भिभोले नयाँ वर्षको सुरुवात धमाकेदार रुपमा गरेको छ । कम्पनीले आफ्नो वाई सिरिज लाइनअपमा नयाँ मोडल वाई ५१ अन्तर्राष्ट्रिय बजारमा ल्याइसकेको छ र केही दिनमै नेपाली बजारमा भित्र्याउने तयारी गरेको छ ।

कम्पनीले यसअघि ल्याएको वाई २० मोडलमा एकदमै राम्रो प्रतिक्रिया पाएपछि यही सिरिजको लाइनअपमा भिभोले नयाँ फोन पनि ल्याउन लागेको हो । भिभोको यो नयाँ मोडलमा पर्याप्त स्टोरेज, शक्तिशाली ब्याट्री र अद्भूत क्यामेरा क्वालिटी भएकाे कम्पनीले दाबी गरेकाे छ ।

यस फोनमा ८ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज छ, जसलाई क्वालकम स्नापड्रागनको ६ सिरिज प्रोसेसरले सपोर्ट गर्नेछ ।

सफ्टवेयरको मामिलामा यो फोन पछिल्लो वाई २० भन्दा धेरै नै राम्रो छ । आधिकारिक स्रोतका अनुुसार नयाँ वाई ५१ मा ४८ मेगापिक्सलको रियर क्यामेरा छ जसले दिन र रात दुवै समय एकदमै क्लियर फोटो खिच्न सक्छ ।

व्यापक स्टोरेज क्षमता र सुपर फोटोग्राफी बाहेक यसमा ५००० एमएएचको बलियो ब्याट्री ब्याकअप छ जसमा १८ वाटको चार्जर पनि पाउन सकिन्छ ।

यी फिचरहरु हेर्दा फोनको फोटोग्राफी गुणस्तरीयता एकदमै राम्रो र एप्स तथा अन्य टास्कको काम मामिलामा यसको पर्फमेन्स पनि धेरै राम्रो छ ।

नेपाली बजारमा याे फाेनकाे मूल्य २८ हजार रूपैयाँकाे वरीपरी हुने अनुमान गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१