close

ब्लकचेन ह्याकरको बिगबिगी, एक वर्षमै चोरे खर्बौं मूल्यको क्रिप्टोकरेन्सी

टेकपाना टेकपाना

पुस २९, २०७७ १६:२१

ब्लकचेन ह्याकरको बिगबिगी, एक वर्षमै चोरे खर्बौं मूल्यको क्रिप्टोकरेन्सी

काठमाडौं । काेराेना महामारीका बेला भएकाे लकडाउन अवधिमा ह्याकरले आफ्नो समय बिटक्वाइनसँग सम्बन्धित ह्याकिङमै बिताए । जसको परिणमा सन् २०२० मा बल्कचेनमा आधारित खर्बौ मूल्यको बिटकोइन चोरी भएको पाइएकाे छ ।

एटलास भीपीएनले सार्वजनिक गरेको प्रतिवेदन अुनसार सन् २०२० मा कुल १२२ वटा बिटकोइनसँग सम्बन्धित ह्याकिङ भएको थियो । यसअन्तर्गत इथरियम प्लेटफर्ममा आधारित विकेन्द्रीकृत एपमा ४७ वटा हमला भएको थियो ।

जसमार्फत अहिले मूल्य अनुसार ४ सय ३७ मिलियन डलर अर्थात ५१ अर्ब नेपाली रुपैयाँ बराबर चोरी भएको छ । त्यस्तै क्रिप्टोकरेन्सीमा २८ वटा हमला भएको थियो । जसमा बजार मूल्य अनुसार ३ सय मिलियन डलर अर्थात ३५ अर्बको हाराहारीमा चोरि भएको छ ।

त्यस्तै २७ वटा ब्लकचेनमा आधारित वालेटमा हमला भएको थियो । यस्ता वालेटमा भएको हमला भने सबैभन्दा ठूलो छ । जसबाट अहिले बजार मूल्य अनुसार ३ बिलियन डलर अर्थात ३ खर्ब ५० अर्बको हाराहारीमा घाटा भएको छ ।

यो एक वालेट बराबर १ सय १२ मिलियन डलरको घाटा हो । तर, खुसीको कुरा यो छ कि गत वर्षको तुलनामा ब्लकचेनमा भएको हमला भने ८ प्रतिशतले घटेको छ । सन् २०१९ मा कुल १३३ ओटा ह्याकिङका घटना भएका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१