अब ईसेवामै अस्ट्रेलियाको रेमिट्यान्स

esewa-legal-remit-techpana

काठमाडौं । अष्ट्रेलियामा बसेको नेपालीहरुले अब सोझै ईसेवामा पैसा पठाउन सक्ने भएका छन् । ईसेवा मनी ट्रान्सफरले अस्ट्रेलियाको लिगल रेमिटसँगको सहकार्यमा यस्तो रेमिट्यान्स सेवा सुरु गरेको हो ।

उक्त रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता पत्रमा ईसेवा मनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइराला र लिगल रेमिटको तर्फबाट निर्देशक विवेक ढकालले हस्ताक्षर गरेका छन् । यससँगै अष्ट्रेलियाबाट नेपालीले नगद तथा कुनै पनि बैंक खातामा वा सोझै ईसेवा वालेटमा रकम पठाउन सक्नेछन् ।

नगदमा पठाइएको रकम ईसेवा मनी ट्रान्स्फरका नेपालभर रहेका ८ हजारभन्दा धेरै एजेन्ट तथा ईसेवा वालेट एप मार्फत प्राप्त गर्न सकिनेछ । त्यसैगरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ ।

नगदमा पठाइएको रकम ईसेवा वालेटमा प्राप्त गर्दा ५५ रुपैयाँ अतिरिक्त रुपमा क्यासब्याक प्राप्त हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team