close

गेम पारखीका लागि एन्ड्रोइड ट्वेल्भमा नयाँ फिचर आउँदै

टेकपाना टेकपाना

माघ १०, २०७७ १०:३६

गेम पारखीका लागि एन्ड्रोइड ट्वेल्भमा नयाँ फिचर आउँदै

काठमाडौं । गुगलले आफ्नो अपरेटिङ सिस्टम एन्ड्रोइडको नयाँ संस्करणका लागि काम सुरू गरेको छ । विकासको क्रममा रहेको एन्ड्रोइड ट्वेल्भको विषयमा केही विशेषता बाहिर आएको छ ।

पछिल्लाे समाचार अनुसार एन्ड्रोइड ट्वेल्भ गेमिङका लागि बढी प्रभवकारी हुनेछ । यो जानकारी एक्सडीएले सार्वजनिक गरेको हो ।

पछिल्लो समय गेमको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै गुगलले पनि आफ्नो नयाँ अपरेटिङ सिस्टमलाई पनि त्यसै अनुसार बजारमा ल्याउने तयारी गरेको हुन सक्ने आँकलन गरिएको छ ।

एक्सडीएका अनुसार मोबाइल र क्लाउड गेममा आएको उल्लेख्य वृद्धिसँगै गुगलले एन्ड्रोइडमा हुने भाइब्रेसन प्रभावलाई अझ सुधार गर्ने योजना बनाएको छ ।

गेमिङमा हुने भाइब्रेसन त्यति प्रभवकारी नभएकाले पनि गुगलले नयाँ परिमार्जन गर्ने तयारी गरेकाे बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३