close

बेस्ट आईटी लर्निङ सेन्टर अवार्ड ब्रोडवे इन्फोसिसलाई

टेकपाना टेकपाना

माघ १७, २०७७ १४:१३

बेस्ट आईटी लर्निङ सेन्टर अवार्ड ब्रोडवे इन्फोसिसलाई

काठमाडौं । ब्रोडवे इन्फोसिसले नेपालको बेस्ट आईटी लर्निङ सेन्डर अवार्ड हात पारेको छ । बेलायतको विजनेस म्यागेजिन एप्याक इन्साइडरले यो अवार्ड प्रदान गरेको हो ।

प्रतिष्ठित आवार्ड नेपालकै आईटी लर्निङ सेन्टरका लागि नयाँ भएको ब्रोडवेले प्रतिक्रिया दिएको छ । कम्पनीका सीईओ राजु अधिकारीले भने, ‘अन्तर्राष्ट्रिय रुपमा नै सम्मानित हुन पाउँदा हामी अत्यन्तै गौरवान्वित भएका छौं । यसले हामीलाई थप कडा मेहनत गर्न र यस्तै किसिमका उपलब्धि हात पार्न हौसला प्रदान गरेको छ ।’

एप्याकको तर्फबाट अवार्ड कोअर्डिनेटर क्याथरिन बेन्टनले ब्रोडवेलाई बधाई दिएकी छन् । ब्रोडवे इन्फोसिस आईएसओ ९००१:२०१५ सर्टिफाइड आईटी लर्निङ सेन्टर हो जसले इच्छुक व्यक्तिहरुलाई जाभा, पाइथन, डिजिटल मार्केटिङ लगायतका विभिन्न विषयमा आईटी तालिम प्रदान गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४