close

ह्वावेबाट छुट्टिएको अनरले म्याजिक सिरिजमा फोल्डेबल फोन ल्याउँदै

टेकपाना टेकपाना

माघ १८, २०७७ २२:२

ह्वावेबाट छुट्टिएको अनरले म्याजिक सिरिजमा फोल्डेबल फोन ल्याउँदै

काठमाडौं । केही समयअघि मात्रै अनर ब्राण्ड आफ्नाे अविभावक कम्पनी ह्वावेबाट छुट्टिएको छ । चिनियाँ कम्पनी ह्वावेमाथि अमेरिकी सरकारले गोपनीयताको विषयलाई लिएर प्रतिबन्ध लगाइरहेको छ ।

जसले गर्दा ह्वावेले अनर ब्राण्ड अर्को कम्पनीलाई बेचेको थियो । ह्वावेसँगबाट छुट्टिएकाे अनरले अब भने बजारमा छुट्टै ब्राण्डको रुपमा नयाँ प्रडक्ट सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

यसैबीच कम्पनीले ‘म्याजिक’ सिरिज अन्तर्गत नयाँ फोल्डेबल फोन सार्वजनिक गर्ने योजना बनाएको छ । यसका लागि कम्पनीले नयाँ फिचर थप गर्ने तयारी गरिरहेकाे समाचार सञ्चारमाध्यमले प्रकाशित गरेका छन् ।

यसअघि कम्पनीका सीईओ झाओ मिङले कम्पनीले चाँडै मेट र पी सिरिजमा स्मार्टफोन सार्वजनिक गर्ने बताएका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१