close

अनलाइनबाटै पार्टी सदस्यहरुको विवरण अपडेट गर्दै कांग्रेस

टेकपाना टेकपाना

फागुन १८, २०७७ १४:५२

अनलाइनबाटै पार्टी सदस्यहरुको विवरण अपडेट गर्दै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले अनलाइनबाटै क्रियाशील सदस्यहरुको विवरण अपडेट गर्न थालेको छ । प्रविधिको प्रयोग गरी सदस्यता वितरण र नवीकरणको प्रक्रियालाई छिटो बनाइएको हो ।

पार्टीको आसन्न महाधिवेशन र त्यसअघि हुने वडा र गाउँ/नगर अधिवेशनलाई लक्षित गर्दै चाँडै सदस्यता विवरण अपडेट गर्न अनलाइन प्रणालीको प्रयोग गरिएको बताइएको छ ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार हाल ७७ मध्ये ४८ जिल्लाका क्रियाशील सदस्यको विवरण अपडेट भइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४