close

कनेक्ट आईपीएसमा हरेक नयाँ महिला प्रयोगकर्तालाई १०० को रिचार्ज

टेकपाना टेकपाना

फागुन २३, २०७७ १५:१

कनेक्ट आईपीएसमा हरेक नयाँ महिला प्रयोगकर्तालाई १०० को रिचार्ज

काठमाडौं । कनेक्ट आईपीएसले हरेक नयाँ महिला प्रयोगकर्तालाई सय रुपैयाँ मोबाइल टपअप उपलब्ध गराउन थालेको छ । नेपाल क्लियरिङ हाउस अन्तर्गत सञ्चालित अनलाइन भुक्तानी प्रणाली (कनेक्ट आईपीएस) ले महिला दिवसको अवसरमा आइतबारदेखि १३ मार्चसम्म यस्तो सुविधा दिने भएको हो ।

डिजिटल ७, नारी दिवस कनेक्ट आईपीएसको साथ नाराका साथ ल्याइएको यो अफर अन्तर्गत १० जना भाग्यशाली महिलाले गिफ्ट भौचर समेत प्राप्त गर्नेछन् । अफरमा सहभागी हुन निश्चित शर्त राखिएको कम्पनीले जनाएको छ ।

Image

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१