close

साओमी मि ११ सिरिज : एक मिनेटमै झण्डै साढे २१ अर्ब मूल्य बराबरको स्मार्टफोन बिक्री

टेकपाना टेकपाना

चैत २०, २०७७ २२:७

साओमी मि ११ सिरिज : एक मिनेटमै झण्डै साढे २१ अर्ब मूल्य बराबरको स्मार्टफोन बिक्री

काठमाडौं । साओमीले केही दिनअघि चिनियाँ बजारमा मि ११ सिरिज सार्वजनिक गरेको छ । यो सिरिज अन्तर्गतका मि ११ अल्ट्रा र मि ११ प्रो पहिलोपटक आज चिनियाँ प्रयोगकर्ताका लागि बिक्रीमा राखिएको थियो ।

कम्पनीको आफ्नो आधिकारिक वेइबो च्यानलमा दिएको जानकारी अनुसार यी फोन मात्र एक मिनेटमा १.२ चिनियाँ यूआन (२१ अर्ब ४२ करोड ४९ लाख रुपैयाँ) बराबरको स्मार्टफोन बिक्री भएको छ ।

मि ११ अल्ट्रामा २ वटा डिस्प्ले छ । जसमा फ्रन्टतर्फ ६.८१ इन्चकाे एमाेलेड कर्भ्ड डिस्प्ले छ । अर्काेतर्फ फाेनका पछाडि १.१ इन्चकाे एमाेलेड डिस्प्ले छ, जसले अल्वेज अन डिस्प्ले, नाेटिफिकेशन अलर्ट, रियर सेल्फी प्रिभ्यु सुपर पावर सेभर माेड लगायतका फिचर सपाेर्ट गर्छ ।

यस्तै यसमा शक्तिशाली क्वालकम स्नापड्रागन ८८८ प्रोसेसर छ । डिस्प्लेको कुरा गर्दा यसमा सुन्दर क्वाड कर्भ्ड १२० हर्जको एमोलेड डिस्प्ले छ ।

५ हजार एमएएच ब्याट्री क्षमता रहेकाे फाेनमा ६७ वाटको दुवै वायर र वायरलेस चार्जर छन्, जसले ३६ मिनेटमै फोनलाई शतप्रतिशत चार्ज गर्दछ ।

त्यस्तै धुलाे र पानीबाट जाेगाउन आईपी६८ प्रविधि प्रयोग गरिएको छ । त्यस्तै याे फाेनमा ५० मेगापिक्सेल, ४८ मेगापिक्सेल र ४८ मेगापिक्सेल गरी तीनवटा रियर क्यामेरा रहेकाे छ । सेल्फीका लागि २० मेगापिक्सेलकाे क्यामेरा सेटअप छ ।

त्यस्तै मि ११ प्रो मा ६.८१ इन्चको एमोलेड डिस्प्ले छ, जसमा १२० हर्जको रिफ्रेस रेट छ । ५ हजार एमएएच ब्याट्री क्षमता रहेकाे फाेनमा ६७ वाटको दुवै वायर र वायरलेस चार्जर छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३