close

झण्डै डेढ करोड पर्ने विश्वकै पहिलो रोलेबल टिभीको बिक्री सुरु

टेकपाना टेकपाना

चैत २१, २०७७ १०:२०

झण्डै डेढ करोड पर्ने विश्वकै पहिलो रोलेबल टिभीको बिक्री सुरु

काठमाडौं । दक्षिण कोरियाली कम्पनी एलजी इलेक्ट्रोनिक्सले आफ्नो पहिलो रोलेबल टिभी विदेशी बजारमा बिक्री सुरु गरेको छ । हाई इन्ड सेगमेन्टमा कम्पनीले ल्याएको यो टिभी हाल दक्षिण कोरियामा १०० मिलियन ओन अर्थात् एक करोड ३७ लाख रुपैयाँकाे हारहारीमा बिक्री भइरहेको छ ।

६५ इन्चको रोलेबल टिभी गत बिहीबारदेखि अन्तर्राष्ट्रिय बजारमा बिक्री सुरू भएकाे हाे । सुरुवातमा अमेरिका, रसिया, जापान, फ्रान्स लगायत १५ देशमा याे टिभीकाे बिक्री प्रारम्भ भएकाे छ । विस्तारै अन्य देशका बजारमा पुग्ने याेजना कम्पनीले ल्याएकाे छ ।

रोलेबल टिभी ६५ इन्चको ओलेड (OLED) डस्प्ले सहित उपलब्ध छ । यो एउटा बक्सबाट निस्किने गर्दछ । साथै यसलाई प्रयोग गरिसकेपछि फेरि बक्समा रोल गर्न सकिन्छ ।

एलजीले आफ्नो यो टिभीको नाम एलजी सिग्नेचर ओलेड आर (OLED R) राखेको छ । आरको अर्थ रेभोल्युसन अर्थात क्रान्तिकारी हो । यसमा एलजीको दोस्रो पुस्ताको अल्फा नाइन इन्टेलिजेन्ट प्रोसेसर प्रयाेग गरिएकाे छ ।

कम्पनीले हाई-ईन्ड टिभी बजारमा आफ्नो उपस्थिति बलियो बनाउन चाहिरहेको छ र त्यसैअनुरुप यो उपकरण निर्माण गरेकाे हाे ।

यस रोलिङ टिभीलाई तीन फरक मोडहरूमा प्रयोग गर्न सकिन्छ, जसमा तीन प्रकारका डिस्प्ले साइजहरू उपलब्ध छन् । कम्पनीले विशेष प्रविधिको प्रयोग गरेर टिभीको डिजाइन गरेको उल्लेख गरेको छ ।

एलजीको यो पछिल्लो टिभीमा प्रयोगकर्ताले कमाण्ड दिएपछि मात्रै डिस्प्ले खुल्छ । फुल भ्यू स्क्रिनमा पूर्ण आनन्द लिन सकिने यसमा एआईमा आधारित इमेज र उत्कृष्ट साउन्ड क्वालिटी रहेको दाबी गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३