close

अनलाइनबाटै पठनपाठन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

टेकपाना टेकपाना

चैत २७, २०७७ १३:३१

अनलाइनबाटै पठनपाठन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं । नेपालमा कोभिड १९ को दोस्रो लहरको खतरा देखिने संकेत भएसँगै सरकारले शैक्षिक संस्था तथा भिडभाड हुने क्षेत्रमा कडाई गर्ने तयारी गरेको छ ।

मन्त्रालयले हालै काेभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) लाई एक पत्र लेख्दै अनलाइनबाटै पठनपाठनकाे व्यवस्था गराउन सिफारिस गरेकाे हाे ।

पछिल्लाे समय १८ वर्षमुनीका बालबालिकामा काेराेना संक्रमणकाे दर बढ्दाे छ । कोरोनाको कारण लामो समय बन्द रहेको नेपालको शैक्षिक क्षेत्र भौतिक भौतिक उपस्थितिमा केही समय अगाडि मात्रै सुचारु भएको थियो ।

हालै स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले पनि एक अन्तर्वार्ताको क्रममा अनलाइन प्रणालीबाटै पठनपाठन गर्नुपर्ने भनाइ राखेका थिए ।

यसैबीच काेराेना भाइरस संक्रमण बढ्दै गएपछि काठमाडाैं विश्वविद्यालयले बिहीबारदेखि पुनः अनलाइन कक्षा सुरू गरेकाे छ । केयूले एक विज्ञप्ति निकाल्दै स्कुल अफ साइन्स इन्जिनियरिङकाे चैत २६ देखि वैशाख मसान्तसम्मकाे पढाइ अनलाइनफार्फत हुने जानकारी दिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१