close

वर्ल्डलिंकको ‘हर्षको नववर्ष’ अफर

टेकपाना टेकपाना

चैत २७, २०७७ १४:३०

वर्ल्डलिंकको ‘हर्षको नववर्ष’ अफर

काठमाडौं । नेपालकै ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले नयाँ वर्ष २०७८ को अवसरमा ‘हर्षको नववर्ष’ अफर ल्याएकाे छ ।

याे अफरअन्तर्गत एक वर्षका लागि २०, ४० वा ८० एमबीपीएसको प्याकेज लिँदा समग्रमा ६२ प्रतिशतसम्म छुट पाउन सकिने कम्पनीले जनाएकाे छ ।

यो बाह्रमहिने अफरमा २०, ४० वा ८० एमबीपीएस प्याकेजमध्ये एक मात्र लिँदा पनि ग्राहकहरूले बाह्रै महिना नेट टीभीको सेवा निःशुल्क पाउनेछन् ।

यसमा ग्राहकले तीन महिना नेट टीभी प्राइम प्याकेज पनि पाउनेछन्, जसमा फिल्म हेर्न सकिनेछ । वाईफाईको उत्कृष्ट अनुभवका लागि डुएल ब्यान्ड राउटर सित्तैंमा उपलब्ध गराउने कम्पनीले जनाएकाे छ ।

यससँगै जडान, वायरिङ, युट्युब र अन्य सामग्रीको सुविधासहित सेटटप बक्स पनि निःशुल्क हुनेछ ।

‘नयाँ वर्ष उत्सवको समय भएकाले हामी आफ्ना नयाँ तथा पुराना ग्राहक महानुभावहरूले सामान्यतः शुल्क लाग्ने सेवाहरूमा बढीभन्दा बढी छुटसहित तीव्र गतिको इन्टरनेटको आनन्द उठाउनुहोस् भन्ने चाहन्थ्यौं,’ वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवाल भन्छन् ।

उनी अगाडि भन्छन्, ‘हाम्रा प्रिय ग्राहकहरूको खुशीका लागि हामी निरन्तर क्रियाशिल रहिआएका छौं । यही सचेतताका कारण, ग्राहक महानुभावहरू आफ्ना घरबाहिर पनि अनलाइन रहन सक्नुहोस् भनि हामीले नेपालभर १० हजारभन्दा बढी हटस्पटहरूको सिर्जना गरेका छौं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१