close

मोबाइलमा यी एप छन् भने तुरून्तै हटाउनुहोस्

टेकपाना टेकपाना

बैशाख ८, २०७८ १२:३

मोबाइलमा यी एप छन् भने तुरून्तै हटाउनुहोस्

काठमाडौं । गुगल प्ले स्टोरमा विभिन्न फ्रड एप उपलब्ध रहेको पाइएको छ । हालै भएको एक अनुसन्धानमा फ्रड एपमार्फत ह्याकरले प्रयोगकर्ताको मोबाइल बैंकिङ एपमा सहजै पुहँच पाइरहेको निश्कर्ष निकालिएको छ ।

ट्रेण्डमाइक्रो र म्याकफी नामक दुई सुरक्षा अनुसन्धान कम्पनीले यस्ताे जानकारी बाहिर ल्याएका हुन् । उनीहरुका अनुसार हालसम्म त्यस्ता एप ७ लाखभन्दा बढी डाउनलोड भएका छन् । जसमार्फत विषेश गरी एसिया र अरेबियन देशहरुका प्रयोगकर्ता यसको शिकार बनिरहेका छन् ।

उनीहरुका अनुसार फोटो इडिटर, वालपेपर, पजल, कीबाेर्ड लगायतका अन्य क्यामेरासँग सम्बन्धित एप रहेका छन् । जसमार्फत ह्याकरले बैंकिङ कारोबारसँग सम्बन्धित नोटिफिकेशनलाई हाइज्याक गरी त्यसबाट बैंकिङ एपमा पहुँच बनाइरहेका छन् ।

त्यसैले उक्त अनुसन्धान संस्थाहरुले यस्ता एप यदि तपाईंको मोबाइलमा भएको खण्डमा तुरुन्त हटाउन सुझाव दिएका छन् ।

यस्ता छन् एपः

१. कीबोर्ड वालपेपर(com.studio.keypaper2021)
२. पीआईपी फोटो मेकर(com.pip.editor.camera)
३. २०२१ वालपेपर एण्ड कीबोर्ड (org.my.favorites.up.keypaper)
४. बारबर प्र्याङ्क हेयर ड्रायर, क्लिपर एण्ड सिजर्स(com.super.color.hairdryer)
५. पिक्चर इडिटर(com.ce1ab3.app.photo.editor)
६. पीआईपी क्यामेरा(com.hit.camera.pip)
७. किबोर्ड वालपेपर(com.daynight.keyboard.wallpaper)
८. पप रिङटोन फर एन्ड्रोइड(com.super.star.ringtones)
९. कुल गर्ल वालपेपर/सब्सक्राइभ एसडीके(cool.girly.wallpaper)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१