close

१२ जीबी र्‍यामसहित नेपाली बजारमा वानप्लस ९ सार्वजनिक, कति होला मूल्य ?

टेकपाना टेकपाना

बैशाख २९, २०७८ १६:८

१२ जीबी र्‍यामसहित नेपाली बजारमा वानप्लस ९ सार्वजनिक, कति होला मूल्य ?

काठमाडाैं । नेपाली बजारमा वानप्लस ९ सार्वजनिक भएकाे छ । एन्ड्रोइड ११ मा आधारित अक्सिजन ओएस ११ का साथमा आएको वानप्लस ९ मा ६.५५ इन्चको फुल एचडी एमलोड डिस्प्ले रहेको छ । जसमा १२० हर्जको रिफ्रेस रेट रहेको छ ।

डिस्प्लेको डिजाइन वानप्लस ८टीमा प्रयोग भएजस्तै छ । जसलाई थ्रीडी कोर्निङ गोरिल्ला ग्लासले सुरक्षित गरिएको छ । क्वालकम स्न्यापड्रयागन ८८८ चिपसेट रहेको फोन १२ जीबी र्‍याम र २५६ जीबी इन्टरनल मेमोरी (रोम) भेरियन्टमा उपलब्ध भएको छ ।

ट्रिपल क्यामेरा सेटअप रहेको फोनमा ४८ मेगा पिक्सेलको सोनीको प्राइमेरी सेन्सर रहेको छ ।

OnePlus 9 Pro Color Options

त्यस्तै ५० मेगापिक्सेलको अल्ट्रा वाइड एंगल सेन्सर रहेको छ । २ मेगा पिक्सेलको मोनोक्रोम सेन्सर रहेको छ । सेल्फीका लागि फोनमा १६ मेगापिक्सेलको सोनी क्यामेरा उपलब्ध छ ।

फाइभजी कनेक्टिभिटी सहित यस फोनले वाईफाई सिक्स सपोर्ट गर्ने उल्लेख छ । ४५०० एमएएच क्षमताको ब्याट्री रहेको फोनमा ६५टी फास्ट चार्जिङ रहेको छ । भने, १५ वाटको क्युआई वायरलेस चार्जिङ सेमत रहेको छ ।

नेपाली बजारमा १२ जीबी र्‍याम र २५६ जीबी इन्टर्नल मेमाेरी सहितकाे वानप्लस ९ काे मूल्य एक लाख ४ हजार ९९९ रूपैयाँ रहेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४