close

कोरोना संक्रमितलाई बेड र भेन्टिलेटर खोजिदिने सरकारी वेबसाइट

टेकपाना टेकपाना

जेठ १५, २०७८ ११:३८

कोरोना संक्रमितलाई बेड र भेन्टिलेटर खोजिदिने सरकारी वेबसाइट

काठमाडौं । नेपालमा कोभिड १९ को दोस्रो भेरियन्ट फैलिएसँगै अस्पतालहरूमा बेड, आईसीयु, भेन्टिलेटरको अभाव देखिएको छ । कतिपय संक्रमितले बेलैमा अस्पतालमा उपचार नपाउँदा ज्यान गुमाइरहेका छन् । यस्तो अवस्थामा बिरामी र आफन्तलाइ सहजता पुर्‍याउने उद्देश्यले स्वास्थ्य मन्त्रालयले बेटा भर्सनको वेबसाइट सञ्चालनमा ल्याएको छ ।

याे वेबसाइटमार्फत काेराेना उपचार हुने देशैभरका अस्पतालहरुको क्षमता, बेड र भेन्टिलेटरकाे विवरणलाई व्यवस्थित तरिकाले हेर्न सकिन्छ । वेबसाइट खाेल्ने बित्तिकै हाेम पेजमै अस्पतालकाे नाम वा प्रदेश वा जिल्लाकाे नाम राखेर सर्च गर्ने सुविधा दिइएकाे छ ।

त्यस्तै क्षमताअनुसार जेनरल/एचडीयू बेड, आईसीयू र भेन्टिलेर भएका अस्पताल हेर्न सकिन्छ । यसअन्तर्गत वेबसाइटमा ५० भन्दा बढी जेनेरल बेड भएका, ५० भन्दा कम जेनेरल बेड भएका, १० भन्दा बढी आईसीयू बेड भएका, १० भन्दा कम आईसीयू बेड भएका अस्पताल हेर्न सकिन्छ ।

त्यस्तै कति जना विरामीहरु पालो पर्खिरहेका छन् भन्ने जानकारी लिन सकिनुका साथै अस्पतालकाे फोन नम्बर, गुगल म्याप लोकेसन पनि वेबसाइटबाटै हेर्न सकिन्छ । वेबसाइटमा हालसम्म देशभर कोरोना उपचार भइरहेका २५५ वटा स्वास्थ्य संस्थाको विवरण समावेश गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३