close

कनेक्ट आईपीएसको ‘सेल्फ भेरिफिकेसन’ मा एनएमबि बैंक पनि, यसरी लिनुहोस् सेवा

टेकपाना टेकपाना

जेठ १७, २०७८ १६:३२

कनेक्ट आईपीएसको ‘सेल्फ भेरिफिकेसन’ मा एनएमबि बैंक पनि, यसरी लिनुहोस् सेवा


काठमाडाैं । अब एनएमबि बैंकको आफ्नो खाता कनेक्ट आईपीएसमा अनलाइन लिंक गरी सेल्फ भेरिफिकेशन गर्न सकिने भएकाे छ । यो नयाँ सुविधा अनुसार कनेक्ट आईपीएसमा आफ्नो खाता आवद्ध गराउन बैंकमै पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

कनेक्ट आईपीएसको एप प्रयोग गर्न ग्राहकको युजर आईडी र पासवर्ड आवश्यक पर्छ । तर बैंक खाताको कारोबार कनेक्ट आईपीएसको माध्यमबाट गर्नुपरेको खण्डमा चाहिँ सुरुमा एकपटक बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो खाता लिङ्क गराउनुपर्ने हुन्छ । त्यसका लागि ग्राहकले लिङ्क गराएपनि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले एकपटक त्यसको भेरिफाई गरेपछि मात्र कारोबार गर्न सकिन्छ ।

त्यसो त कनेक्ट आईपीएसको एपीआई राखिएका मोबाइल बैंकिङ एपबाट सोझै अन्तर बैंक फण्ड ट्रान्सफर गर्न सकिने व्यवस्था समेत मिलाइएको छ । तर कनेक्ट आईपीएसको एपबाट बैंकिङ कारोबार गर्न चाहनेले भने आफ्नो बैंक खाता लिङ्क गराएर अनिवार्य रुपमा भेरिफिकेसन गराउनुपर्ने हुन्छ ।

कोभिड १९ को महामारीको समयमा बैंकसम्म गएर खाता भेरिफाई गराउन सम्भव नहुने देखिएपछि अहिले ग्राहक आफैंले आफ्नो बैंकखाता भेरिफाइ गरी लिङ्क गराउन सक्ने सुविधा ल्याइएको हो । जसमार्फत दैनिक एक लाख रुपैयाँ र मासिक १० लाखसम्मको कारोबार अनलाइनबाटै गर्न सकिने जनाइएकाे छ ।

यसरी अनलाइनबाट सेल्फ भेरिफाइ गर्ने सुविधा हाल १६ वाणिज्य बैंकहरु, ६ विकास बैंकहरु र १ फाइनान्स कम्पनीमा उपलब्ध रहेको छ भने अन्य बैंक वित्तिय संस्थाहरुमा पनि आवश्यक पहल भइरहेको छ । कनेक्ट आईपीएसमा हाल ५४ बैंक वित्तिय संस्था सदस्य रहेका छन् ।

सेल्फ भेरिफाई कसरी गर्ने ?

१. ड्यासबोर्डमा रहेको “बैंक अकाउन्ट” भित्र ‘लिंक बैंक अकाउन्ट’ मा जानुहोस् ।

२. आवश्यक विवरणहरु सब्मिट गर्नुहोस् र ‘सेण्ड फर अप्रुभल’ मा क्लिक गर्नुहोस् । 

३. विवरणलाई पुन: चेक गर्नुहोस् र ‘सेल्फ भेरिफाई अकाउन्ट’ मा क्लिक गर्नुहोस् । यदि राखिएका विवरणहरु सही छनन् भने ‘इडिट डिटेल’ बटनमा क्लिक गरेर इडिट गर्नुहोस् । 

४. आफ्नो दर्ता गरेको नम्बरमा आएको ओटीपी अर्थात् वान टाइम पासवर्ड राख्नुहोस् । अब शर्त पढ्नुहोस्, त्यसलाई स्विकार गर्नुहोस् र ‘सब्मिट’ बटनमा क्लिक गर्नुहोस् । (जानकारीमा आधारित रहेर ओटीपी भ्यालिडेसन इन्टर गर्नुहोस् । लिंक अकाउन्टकाे स्टाटस अब ‘अटो एसेप्ट अप्रूभल’ मा परिवर्तन हुन्छ ।)

५. लिंक बैंक अकाउन्टमा दुईवटा माइक्रो पेमेन्ट क्रेडिट हुन्छ यी दुवैलाई सिक्वेन्सली इन्टर गर्नुहाेस् र ‘सब्मिट बटन’ क्लिक गर्नुहोस् ।

६. माइक्रो डिपोजिट एकपटक प्रमाणित भइसकेपछि लिंक अकाउन्टको स्टाटस ‘एसेप्टेड’ भनेर परिवर्तन हुन्छ । अब यसलाई वित्तीय कारोबारको लागि प्रयोग गर्न सकिन्छ ।

यदि तपाईं सेल्फ भेरिफाई लिंक बैंक अकाउन्टका लागि कारोबार सीमितता बढाउन चाहनुहुन्छ भने तपाईंले अप्रूभल फर्म डाउनलोड गरेर मेनुअल प्रक्रिया पुरा गर्नुपर्नेछ । यसका लागि पूर्ण भेरिफिकेसन पाउन बैंकको शाखामा पनि जानुपर्नेछ । 

सेल्फ भेरिफिकेसन प्रक्रियालाई यसरी सुरक्षित बनाउनुहाेस् 

१. बैंकमा सेवाग्राही विवरण भएको हुनुपर्दछ । 

२. वान टाइम पासवर्ड पाउनका लागि दर्ता गरिने मोबाइल नम्बर एउटै हुनुपर्छ । अर्थात् बैंक र कनेक्ट आइपीएसको नम्बर मिल्नु पर्दछ । 

३. प्रयोगकर्ताको लिंक बैंक अकाउन्टमा रहेको दुई माइक्रो डिपोजिटलाई कन्फर्म गर्नुपर्छ जुन तीन दिनसम्म भ्यालिड हुन्छ । (माइक्रो डिपोजिट भनेको एउटा फ्राक्सनल रेन्डम अमाउन्ट हो जुन प्रयोगकर्ताको बैंक अकाउन्टमा ट्रान्सफर भएको हुन्छ ।)

बैंक अकाउन्टलाई लिंक गर्ने र सेल्फ भेरिफिकेसन गर्ने काम भिन्नभिन्नै गर्न सकिन्छ । अकाउन्टलाई लिंक गरिसकेपछि तपाईंले ड्यासबोर्डमा म्यानेज अकाउन्टमा जान सक्नुहुन्छ ।

त्यसपछि रिक्वेस्ट अकाउन्टमा डबल क्लिक गर्नुहोस् र ‘सेल्फ भेरिफाई’ अप्सनमा क्लिक गरी सेल्फ भेरिफिकेसन प्रक्रियालाई सुरु गर्नुहोस् । 

कनेक्ट आईपीएस र बैंकमा दर्ता भएको नम्बर फरक परे के गर्ने ?

फोन नम्बर फरक भयो भने सेल्फ भेरिफिकेसन प्रक्रियालाई सम्पन्न गर्न सकिन्न । यस्तो बेला तपाईंले कनेक्ट आईपीएसमा आफ्नो मोबाइल नम्बर परिवर्तन गर्नसक्नुहुन्छ । यसका लागि ‘इडिट प्रोफाइल’ मा जानुहोस् र त्यसपछि ‘चेन्ज मोबाइल नम्बर’ मा गएर माेबाइल नम्बर परिवर्तन गर्न सक्नुहुन्छ ।

यदि तपाईंको मोबाइल नम्बर बैंकमा दर्ता भएको छैन वा एक्टिभ भएको छैन भने बैंकलाई फोन नम्बर अपडेट गर्न रिक्वेस्ट पठाउन सक्नुहुन्छ । 

माइक्रो डिपोजिट अमाउन्टलाई कसरी र कहाँ चेक गर्ने ?

माइक्रो डिपोजिट एउटा फ्राक्सनल रेन्डम अमाउन्ट हो । यसलाई सिस्टमबाटै प्रयोगकर्ताको बैंक अकाउन्टमा सेल्फ भेरिफिकेसनका लागि प्रयोगकर्तालाई प्रमाणित गर्न र ट्रान्सफर गर्न सकिन्छ ।

प्रयोगकर्ताले त्यस्तो रकमलाई आफ्नो अकाउन्ट स्टेटमेन्टबाट चेक गर्न सक्छन् । यसका लागि प्रयोगकर्ताले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएमबाट मिनि स्टेटमेन्ट जस्ता माध्यमबाट चेक गर्न सक्छन् । 

माइक्रो डिपोजिटको मान्य अवधि

माइक्रो डिपोजिट ३ दिनसम्मका लागि भ्यालिड हुन्छ । रिसिभ भएको सिक्वेन्समा माइक्रो डिपोजिटलाई इन्टर गर्नुपर्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३