close

सामसङ ग्यालेक्सी जेड फोल्ड थ्री आउँदो अगस्टमा सार्वजनिक हुने

टेकपाना टेकपाना

जेठ १९, २०७८ १८:१७

सामसङ ग्यालेक्सी जेड फोल्ड थ्री आउँदो अगस्टमा सार्वजनिक हुने

काठमाडौं । सामसङको नयाँ फोल्डेवल फोन ग्यालेक्सी ‘जेड फोल्ड थ्री’ आउँदो अगस्टमा सार्वजनिक हुने अनुमान गरिएको छ । त्यसका लागि कम्पनीले याे माेडलकाे मास प्रडक्सन सुरु गरेको छ ।

याे फोल्डेवल फोनको मूल्य ग्यालेक्सी सिरिजका अन्य फोनको तुलनामा उच्च रहने छ । तर, पनि कम्पनीले ग्यालेक्सी जेड फोल्ड थ्री पूर्ववर्ती ग्यालेक्सी जेड फोल्ड टुको तुलनामा धेरै बिक्री गर्ने योजना ल्याएकाे छ ।

कम्पनीको लक्ष्य सामसङ ग्यालेक्सी जेड फोल्ड थ्री ३० लाख युनिट बिक्रि गर्नु रहेको छ । भने, ग्यालेक्सी ‘जेड फ्लिप थ्री’ ४० लाख बिक्री गर्ने लक्ष्य राखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३