close

मेगा बैंकमा ऋण अटोमेसन प्रणाली, अब अनलाइनबाटै आवेदन दिन सकिने

टेकपाना टेकपाना

जेठ २५, २०७८ १९:२

मेगा बैंकमा ऋण अटोमेसन प्रणाली, अब अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं । मेगा बैंक लिमिटेडले ऋण अटोमेसन प्रणाली सञ्चालनमा ल्याएको छ । एसबी साेलुसन प्रालिसँगकाे सहकार्यमा बैंकले ‘क्रेडिट एक्स ‘ नामक सफ्टवेयर प्रणाली सञ्चालनमा ल्याएको हो ।

याे प्रणालीकाे सुरूवातसँगै अब अनलाइन ऋण आवेदन, इन्टर्नल लाेन वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्न सकिने बैंकले जनाएको छ ।

मेगा बैंक लिमिटेडका प्रमुख व्यवसाय अधिकारी अमित श्रेष्ठ र एसबी साेलुसनका अध्यक्ष विपुल ढकालले याे प्रणाली कार्यान्वयनका लागि सम्झौतामा हस्ताक्षर गरे ।

यो प्रणालीले बैंकलाई द्रुत गतिमा ऋण प्रक्रिया पुरा गर्न मद्दत गर्ने उल्लेख गरिएको छ । प्रणालीले जमानत र गैरजमानत दुवैमा आधारित कर्जा प्रवाहका लागि काम गर्ने जनाइएकाे छ ।

ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अन्तर्गत रहेको रेटिङको दृष्टिकोणमा निर्माण गरिएको बैंकले जनाएको छ ।

यसका साथै बैंकले एसबी साेलुसनले निर्माण गरेको अनलाइन ऋण योग्यता सेवा पनि सुचारु गर्दै छ । जसले ग्राहकहरूलाई अनलाइन ऋण योग्यता जाँच गर्न र बैंकले प्रस्ताव गरेको अनलाइन पोर्टलमार्फत कुनै पनि ऋण प्रडक्टका लागि आवेदन दिनसक्ने बैंकले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१