close

नवनियुक्त सञ्चारमन्त्री थापाले गरिन् पदबहाली, हातहातमा सरकारी सेवा पुर्‍याउन जोड

टेकपाना टेकपाना

जेठ २७, २०७८ १९:५७

नवनियुक्त सञ्चारमन्त्री थापाले गरिन् पदबहाली, हातहातमा सरकारी सेवा पुर्‍याउन जोड

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनाकला थापाले पदबहाली गरेकी छन् । सिंहदरबारमा मन्त्रालय एवं मन्त्रालय सम्बद्ध निकाय प्रमुखहरुको उपस्थितिमा पदबहाली गर्दै उनले मन्त्रालयको जिम्मेवारी कुशलतापूर्वक निभाउन सबैको सहयोग, सद्भाव, समन्वय र साझेदारी आवश्यक रहने विचार व्यक्त गरिन् ।

राज्यको चौथो अङ्गको रुपमा रहेको यस मन्त्रालयको गहन जिम्मेवारीमा एक अर्काको पुरक भई मन्त्रालय सम्बद्ध १८ वटा निकायहरुले तोकिएको जिम्मेवारी असल परम्परा, संस्कार र अभ्यासका आधारमा कार्यान्वयन गर्न उनले जोड दिइन् ।

साथै उनले सञ्चार तथा सूचना प्रविधिको पहुँचबाट संसार साँघुरिदै गएकोले जनतालाई हात हातमा सरकारी सेवा पुर्‍याउन मन्त्रालय एवं सम्बद्ध निकाय एक परिवारको रुपमा अघि बढ्न आव्हान समेत गरिन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१