close

अनलाइनमा निःशुल्क वेब डिजाइनिङ सिकाउँदै ब्रोडवे इन्फोसिस

टेकपाना टेकपाना

जेठ ३०, २०७८ १३:१६

अनलाइनमा निःशुल्क वेब डिजाइनिङ सिकाउँदै ब्रोडवे इन्फोसिस

काठमाडौं । ब्रोडवे इन्फोसिसले निःशुल्क रुपमा वेब डिजाइनिङ सिकाउने भएको छ । कोरोना महामारीका कारण जारी निषेधाज्ञाको समय सदुपयोग गर्ने उद्देश्यका साथ कम्पनीले विभिन्न काेर्षमा निःशुल्क सेसन सञ्चालन सञ्चालन गरिरहेकाे छ ।

कम्पनीले आउँदो असार ६ देखि ८ गतेसम्म वेब डिजाइनिङकाे निःशुल्क कक्षा सञ्चालन गर्नेछ । हरेक दिन बिहान १० देखि १२ बजेसम्म गरी कूल ६ घण्टा वेब डिजाइनिङकाे सेसन हुनेछ ।

साथै निःशुल्क सेसनमा वेब डिजाइनिङमा रहेका अवसर र करियरको विषयमा समेत चर्चा हुनेछ । यस क्षेत्रकै ख्यातिप्राप्त प्रशिक्षकले सेसन सञ्चालन गर्ने बताइएको छ ।

निःशुल्क रुपमा वेब डिजाइनिङ सिक्न चाहनुहुन्छ भने यहाँ क्लिक गरी फाराम भर्नुहोस् र आफ्नो सिट सुरक्षित गर्नुहोस् ।

सेसनका लागि सुरुमा रजिस्टर गर्नेलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । कम्पनीले यसअघि एसपीएसएसकाे सेसन सञ्चालन गरेकाे थियाे । साथै अघिल्लो समयको लकडाउनमा समेत निःशुल्क कक्षाहरु सञ्चालन गरिएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१