close

एनसेलको लगानीकर्ता आजियाटाको मोबाइल सेवा मर्जर हुँदै

टेकपाना टेकपाना

असार २, २०७८ ११:४४

एनसेलको लगानीकर्ता आजियाटाको मोबाइल सेवा मर्जर हुँदै

काठमाडौं । एनसेलको लगानीकर्ता तथा मलेसियाको टेलिकम कम्पनी आजियाटा ग्रुप बीएचडी र नर्वेको टेलेनोर एएसएको मलेसियमा रहेको मोबाइल सेवा मर्ज हुने भएको छ । आजियाटाका सीईओ इजाद्दिन इद्रिसले मंगलबार केही दिनभित्रै मर्जर प्रक्रिया टुङ्गोमा पुग्ने जानकारी दिएका हुन् ।

मर्जरका लागि दुवै कम्पनीले ड्यु डेलिजेन्स प्रक्रिया पुरा गरिसकेका छन् । भर्चुअल मिटिङका क्रममा इन्द्रिसले भने, ‘चाँडै नै सम्झौता पत्रमा हस्ताक्षर हुने आशा गरेका छौं । यो अब केही दिन वा हप्ताको विषय मात्र हो ।’

इद्रिसका अनुसार मलेसियाका दोस्रो र तेस्रो ठूला मोबाइल सेवाप्रदायकबीचको प्रस्तावित मर्जरको विषयलाई लिएर लगानीकर्ताहरु उत्साहित बनेका छन् । यो मर्जरले दीर्घकालिन वृद्धि र नाफा सुनिश्चित हुने अपेक्षा गरिएको छ ।

आजियाटा र टेलेनोरले गत अप्रिलमै सेलकम आजियाटा बीएचडी र टेलेनोरको डिजी डटकम बीएचडीबीच मर्जरमा जान सम्वाद अगाडि बढाएका थिए । मर्जरसँगै तयार हुने संस्थामा दुवै कम्पनीको शेयर स्वामित्व करिब ३३.१ प्रतिशत रहने बताइएको छ ।

उक्त कम्पनीको नाम सेलकम डिजी ब्रहाद रहनेछ । मर्जर प्रक्रिया नियामको स्वीकृतिको आधारमा नौदेखि १२ महिनाबीचमा सम्पन्न हुने इद्रिसले बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१