close

पुराना आईफोनमा इमर्जेन्सी आईओएस अपडेट, तत्काल इन्स्टल गर्न कम्पनीको आग्रह

टेकपाना टेकपाना

असार ३, २०७८ १०:३८

पुराना आईफोनमा इमर्जेन्सी आईओएस अपडेट, तत्काल इन्स्टल गर्न कम्पनीको आग्रह

काठमाडाै । एप्पलले पुराना आईफोन र आईप्याड डिभाइसका लागि सेक्युरिटी अपडेट ल्याएकाे छ । कम्पनीका पछिल्ला डिभाइसहरूमा नयाँ अपरेटिङ सिस्टम अपडेटकाे सुवधाि भएपनि पुराना आईफोनमा सुरक्षाकाे जाेखिम निरन्तर रहेकाे पाइएकाे थियाे ।

आईओएस १२ पछिका अपरेटिङ सिस्टम सपाेर्ट गर्न असमर्थ डिभाइसका लागि कम्पनीले इमर्जेन्सी अपडेट जारी गरेको हाे । प्रयाेगकर्तालाई याे अपडेट सकेसम्म चाँडो डाउनलोड र इन्स्टल गर्न कम्पनीले आग्रह गरेकाे छ ।

केही महिनाअघि आईफोनमा फेला परेको सुरक्षा कमजोरीले विभिन्न मेलिसियस वेबसाइटलाई क्रस साइट स्क्रिप्टिङमा इङगेज हुने अनुमति दिएको थियो, जसबाट अन्य एप र संवेदनशील डेटामा एक्सेस गर्न सकिन्थ्यो ।

एप्पलले आफ्नो सेक्युरिटी सपोर्ट डकुमेन्टमा उक्त कमजोरीलाई सक्रियरुपमा एक्सप्लोइट गरेको समेत उल्लेख गरेको छ ।

कम्पनीले हालै तीन वटा सेक्युरिटी फिक्ससहितको इमर्जेन्सी अपडेट आईओएस १२.५.४ ल्याएको छ, जुन यी डिभाइसका लागि उपलब्ध छ ।

  • iPhone 5s
  • iPhone 6
  • iPhone 6 Plus
  • iPad Air
  • iPad mini 2
  • iPad mini 3
  • iPod touch (6th generation)

यदि तपाईंसँग यी डिभाइस छन् र सेक्युरिटी अपडेट गर्न खाेज्नुभएकाे छ भने Setting एपमा गई General हुँदै Software Update मा जानुहाेस् र Download मा ट्याप गर्नुहाेस् ।

ios 12 5 4 update screenshot image gadgets 360 iOS 12.5.4

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१