close

एन्ड्रोइड प्रयोगकर्ताका लागि नयाँ ६ फिचर ल्याउँदै गुगल

टेकपाना टेकपाना

असार ४, २०७८ १२:१०

एन्ड्रोइड प्रयोगकर्ताका लागि नयाँ ६ फिचर ल्याउँदै गुगल

काठमाडौं । पिक्सेल फोनमा गुगलले समय समयमा नयाँ फिचर उपलब्ध गराउने गरेको छ । अब एन्ड्रोइड अपरेटिङ सिस्टम भएका अन्य फोनका लागि पनि कम्पनीले नयाँ फिचर उपलब्ध गराउने भएको छ ।

गुगलले आफ्नो ब्लगमार्फत एन्ड्रोइड प्रयोगकर्तालाई ६ नयाँ फिचर उपलब्ध गराउने जानकारी दिएको छ । धेरैजसो एन्ड्रोइड फोनमा यी फिचर उपलब्ध हुनेछ ।

गुगलका अनुसार नयाँ फिचरमध्ये केही एन्ड्रोइड ६ देखि माथिका एन्ड्रोइड फोनका लागि हाे । यसमध्ये दुई वटा फिचरमा ‘इमोजी’ र ‘एन्ड्रोइड अटो’ रहेका छन् ।

गुगलले उपलब्ध गराउने कतिपय फिचर स्वतः रुपमा उपडेट हुनेछन् । केही फिचरका लागि भने तपाईंले एप अपडेट गर्नुपर्ने हुन्छ ।

गुगलले यो फिचर कहिलेदेखि प्रयागकर्तामाझ उपलब्ध गराउँछ भन्ने विषयमा केही खुलाएको छैन । तर, कम्पनीले केही हप्तामै उपलब्ध गराउने अनुमान गरिएकाे छ ।

एन्ड्रोइडमा उपलब्ध हुने फिचरमध्य एउटा ‘स्टार्ट’ हो, जसमार्फत तपाईंले अब म्यासेजमा गएर आफूलाई आवश्यक पर्ने जानकारी लेखी त्यसलाई सेभ गरेर राख्न सक्नुहुनेछ । तपाईंले जुनसुकै बेलामा पढ्न र अरूलाई सहजै पठाउन सक्नुहुनेछ ।

अर्को फिचर ‘इमोजी किचेन’ मार्फत अव्यवस्थित इमोजीलाई परिमार्जन गरी आवश्यक इमोजीमात्रै प्रयोग गर्न सकिने छ ।

त्यस्तै ‘एन्ड्रोइड अटो’ मा पनि उल्लेख्य परिमार्जन हुने भएको छ । यसअन्तर्गत विद्युतीय सवारीको चार्जिङ स्टेसन, पार्किङ एप, चार्ज प्वाइन्ट पत्ता लगाउन सकिने लगायतको फिचर उपलब्ध हुनेछ ।

यसका साथै एन्ड्राेइड प्रयाेगकर्ताले गुगल असिस्टेन्टमा परिमार्जन, भूकम्पको पूर्वजानकारी दिने सिस्टम लगायत नयाँ फिचर पाउनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१