close

प्राविधिक समस्या आए न्यूनतम समयमा सेवा सुचारु गर्न तत्पर छौं – टेलिकम

टेकपाना टेकपाना

असार ९, २०७८ १६:४७

प्राविधिक समस्या आए न्यूनतम समयमा सेवा सुचारु गर्न तत्पर छौं – टेलिकम

काठमाडौं । प्राविधिक समस्या आए न्यूनतम समयमै सेवा सुचारु गर्न तत्पर रहेकाे नेपाल टेलिकमले जनाएकाे छ । बुधबार जीएसएम मोबाइल सेवामा अप्रत्याशित समस्याका कारण अवरुद्ध भएको सेवा तत्काल श्रोत साधन परिचालन गरी सिस्टमलाई सुचारु गरिएकाे टेलिकमले जनाएकाे छ ।

‘सेवा अवरुद्ध हुनुको प्राविधिक कारण पत्ता लगाउने कार्यको समानान्तर रुपमा सो समस्या निराकरण गर्ने कार्यलाई प्राथमिकतामा राखी समस्याको विश्लेषण गर्दै काम अगाडि बढाइएकाले करिब २ घण्टामै सेवा सुचारु गर्न सकिएको हो,’ टेलिकमले जनाएकाे छ ।

सो अवधिमा जिएसएम मोबाइलको टुजी, थ्रीजी र फाेरजी प्रविधिको डाटा सेवामा समस्या नदेखिएको, कम्पनीले हालै सञ्चालनमा ल्याएको भीओएलटीईमा समस्या नआएको र जीएसएम मोबाइलका केही फिचर फाेनमा समस्या नदेखिएको कम्पनीले जनाएकाे छ ।

‘मुख्यतः स्मार्टफोन सेटहरुमा भ्वाइस सेवा अवरुद्ध हुन गएकोले समस्याको गहन विश्लेषण गर्ने कार्यलाई निरन्तरता दिइएको छ । कम्पनीका सेवाहरु अवरुद्ध हुन नदिन प्रिभेन्टिभ मेन्टिनेन्सका कार्यहरु गर्ने गरिएको भएतापनि समस्या आइहालेमा न्यूनतम समयमा सेवा सुचारु गर्न कम्पनी सधैं तत्पर रहिरहने विश्वास दिलाउन चाहन्छौं,’ टेलिकमले भनेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६