close

वर्ल्डलिंकको इन्टरनेटमा समस्या

टेकपाना टेकपाना

असार ९, २०७८ १७:२४

वर्ल्डलिंकको इन्टरनेटमा समस्या

काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकको सेवा अवरूद्द भएको छ । कम्पनीका ग्राहकले बुधबार दिउँसोको समयमा करिब आधा घण्टा जति इन्टरनेट सेवामा समस्या भोगिरहेका छन् ।

कम्पनीकाे मुख्य इन्टरनेट गेटवे राउटरमा प्राविधिक समस्या देखिँदा सिस्टम डाउन भएकाे जनाइएकाे छ । प्राविधिक टिमले ब्याकअप राउटरमा ट्राफिक स्वीच गरिरहेको जानकारी दिँदै कम्पनीले केही समयमै सेवा सुचारू हुने जनाएको छ ।

अपडेटः आधा घण्टा जति सेवा अवरुद्ध भएको वर्डलिङ्कको सेवा पुनः सुचारु भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६