close

२० जीबी र्‍याम र १ टीबी स्टोरेजसहित नयाँ स्मार्टफोन ल्याउँदै जेडटीई

टेकपाना टेकपाना

असार २२, २०७८ २१:५८

२० जीबी र्‍याम र १ टीबी स्टोरेजसहित नयाँ स्मार्टफोन ल्याउँदै जेडटीई

काठमाडौं । चिनियाँ ब्राण्ड जेडटीईले २० जीबी र्‍याम भएको स्मार्टफोन ल्याउने भएको छ । जेडटीईले यसबारे स्पस्ट जानकारी नदिए पनि कम्पनीका एक कार्यकारी सदस्यले शक्तिशाली फाेन निर्माणकाे तयारी भइरहेकाे खुलासा गरेका छन् ।

एसुस, लेनोभो लगायतका कम्पनीले हालै १८ जीबी र्‍याम भएको फोन बजारमा ल्याएका छन् । जेडटीईले २० जीबी र्‍यामसहित फोन ल्याएपछि बजारमा थप प्रतिस्पर्धा बढ्ने र अन्य ब्राण्डलाई चुनौती पुग्ने अनुमान गरिएको छ ।

जेडटिईका निर्देशक लु क्विआन हाओले चिनियाँ माइक्रोब्लगिङ साइट विबोमा निकट भविष्यमै २० जीबी र्‍यामसहितकाे फाेन ल्याउने जानकारी दिएका हुन् । साथै याे फाेनमा १ टीबी स्टाेरेज हुने पनि उनले जनाएका छन् ।

यति मात्रै होइन, जेडटीईले यसै वर्षको अन्त्यसम्ममा अण्डर डिस्प्ले सेल्फी क्यामेरा फोन ल्याउने तयारी पनि गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३