close

यस्तो छ रेड्मी नोट ११ प्रोको पहिलो ‘लुक्स’, होला त २०० मेगापिक्सेलको क्यामेरा ?

टेकपाना टेकपाना

साउन २, २०७८ १५:२६

यस्तो छ रेड्मी नोट ११ प्रोको पहिलो ‘लुक्स’, होला त २०० मेगापिक्सेलको क्यामेरा ?

काठमाडौं । साओमी रेड्मी नोट ११ प्रो फाइभजीसँग सम्बन्धित खबरहरु बाहिर आउने क्रम सुरु भएको छ । यद्यपि साओमीको नयाँ सिरिज सार्वजनिक हुन अझै धेरै समय बाँकी छ । यसैबीच साओमीको आउने नयाँ स्मार्टफोन रेड्मी नोट ११ प्रो फाइभजीको तस्वीर लिक भएको छ । जसमा त्यो फोन कस्तो होला भन्ने झलक पाउन सकिन्छ ।

लेट्सगोडिजिटलले ग्राफिक डिजाइन टेक्निजो कन्सेप्टसँग सहकार्य गरेको छ । अफिसियल युट्युव च्यानलमा नोट ११ प्रो फाइभजीको एउटा भिडिओ पोस्ट गरिएको छ ।

उक्त भिडिओमा चिनियाँ कम्पनी साओमीको आउने नयाँ स्मार्टफोन रेड्मी नोट ११ प्रो फाइभजीको कन्सेप्ट रेन्डर शेयर गरिएको छ । अगाडितिरबाट हेर्दा रेड्मी नोट टेन प्रो जस्तै देखिन्छ । यसको डिस्प्लेको बीचमा एउटा पन्च-होल सेल्फी सेन्सर छ ।

जब कि डिस्प्लेको चारैतिर पातला बेजल रहेको छ । यद्यपि नोट १० प्रो तथा नोट ११ प्रोको पछाडि भागमा स्पष्ट भिन्नता देख्न सकिन्छ । फोनको पछाडि भागतर्फ हेर्ने हो भने रेड्मीको ब्राण्डिङसँगै ५ वटा प्यानलको बायाँतर्फ लेखिएको देखिन्छ ।

फोनको पछाडि भागमा माथि बायाँ कुनामा तीन ओटा क्यामेरा भएको सेटअप छ । जसमा दुई ओटा ठूला इमेज सेन्सर र एउटा सानो सेन्सर देखिन्छ । यसमा देखिएको सानो सेन्सर ब्ल्याक एन्ड ह्वाइट अथवा म्याक्रो सेन्सर हुनसक्छ ।

सँगैका ठूला दुई सेन्सर एक समान देखिन्छन् । हालसम्म क्यामेराको विस्तृत विवरण भने आइसकेको छैन । तर रेड्मी नोट ११ को पछिल्तिर सामसङले बनाएको २०० मेगापिक्सेलको सेन्सर हुने अनुमान छ । यहाँनिर नझुक्किनुहोस्, यो तस्वीर एउटा कन्सेप्ट रेन्डर हो ।

अहिलेसम्म यो फोनको औपचारिक बनावट सार्वजनिक भएको छैन । आगामी साल २०२२ को मार्चमा रेड्मी नोट ११ प्रो सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१