close

भायानेटको टिकटक च्यालेन्ज, सबैभन्दा बढी लाइक पाउने भिडिओले १ लाख पाउने

टेकपाना टेकपाना

साउन ११, २०७८ ९:१५

भायानेटको टिकटक च्यालेन्ज, सबैभन्दा बढी लाइक पाउने भिडिओले १ लाख पाउने

काठमाडौं । इन्टरनेट सेवाप्रदायक भायानेटले टिकटक च्यालेन्ज सञ्चालन गरेको छ । सामाजिक सञ्जाल टिकटक प्रयोगकर्तालाई लक्षित गर्दै ल्याइएको यो योजना आउँदो अगस्ट १२ सम्म सञ्चालन हुनेछ ।

योजनाअन्तर्गत सबैभन्दा बढी लाइक पाउने टिकटक भिडिओले एक लाख नगद पाउनेछ । त्यस्तै उत्कृष्ट कोरियोग्राफीका लागि ५० हजार रुपैयाँ र उत्कृष्ट क्रिएटिभ कन्टेन्टका लागि २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

योजनाका सहभागीले भिडिओको क्याप्सनमा #abasabaiconnected राखेर टिकटक भिडिओ पाेस्ट गर्नुपर्ने जनाइएकाे छ । याे प्रतिस्पर्धामा नेपालभित्रका नेपालीहरू मात्र सहभागी हुन पाउनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१