close

सामसङ ग्यालेक्सी एफ२२ किन्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् मुख्य फिचर र मूल्य

टेकपाना टेकपाना

साउन १३, २०७८ १८:२०

सामसङ ग्यालेक्सी एफ२२ किन्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् मुख्य फिचर र मूल्य

काठमाडौं । नेपाली बजारमा मंगलबारदेखि सामसङ ग्यालेक्सी एफ२२ बिक्री सुरू भएकाे छ । यो फोन ‘फुल अन फन’ले भरिपूर्ण रहेको उल्लेख गर्दै कम्पनीले प्रविधिप्रेमी युवाका लागि लक्षित गरिएको जनाएको छ ।

यो फोनमा ९० हर्ज रिफ्रेस रेटका साथ ६.४ इन्च एचडी प्लस सुपर एमोलेड डिस्प्ले रहेको छ । यसमा ६०० निटस्को ब्राइटनेस मोड उपलब्ध रहेको छ । यसका अतिरिक्त यस फोनमा उपलब्ध भएको डोल्बी एटमोसले उत्कृष्ट अडियोको साथ सिनेम्याटिक दृश्यावलोकनको मज्जा लिन सकिने जनाइएको छ ।

त्यस्तै ६००० एमएएचको व्याट्री दिइएको छ, जसमा १४ वाटको यूएसबी सी फास्ट चार्जर दिइएको छ । तर यसले २५ वाटसम्म चार्जिङ सपोर्ट गर्नेछ ।

यसमा भएको शक्तिशाली ब्याट्रीले १३० घण्टा म्युजिक प्ले ब्याक, ४० घण्टा टक टाइम, २५ घण्टा भिडियो प्ले ब्याक तथा २४ घण्टा इन्टरनेट चलाउन सकिन्छ ।

४८ मेगापिक्सलको क्वाड क्यामेरासहितका अन्य विशेषताहरुले वास्तवमै यो फोनलाई उत्कृष्ट स्मार्टफोन कम्पनीको दाबी छ । त्यस्तै १२३ डिग्रीको ८ मेगा पिक्सल अल्ट्रा वाइडलेन्सले मानव आँखाले जस्तो देख्दछ, त्यस्तै फोटो कैद गर्ने स्वतन्त्रता प्रदान गर्दछ ।

त्यसै गरी २ मेगा पिक्सलको माइक्रो लेन्सले उत्कृष्ट क्लोज अप फोटो खिच्न सकिन्छ भने यसमा भएको २ मेगा पिक्सलको डेफ्ट क्यामराले लाइभ फोकस गरी जीवन्त फोटो खिच्न सकिन्छ ।

त्यसै गरी १३ मेगा पिक्सलको फ्रन्ट क्यामराले ब्राइट तथा अझै राम्रो सेल्फी फोटो खिच्न सकिन्छ । क्यामरा एक्स्पेरियन्सलाई अझै जीवन्त बनाउन यस अघि नभएका विभिन्न मोडहरु Hyper lapse, Slow motion, Food Mode, Pro mode तथा  AR zone जस्ता सुविधाहरु रहेका छन् ।

फोनमा अक्टाकोर मिडियाटेक हेलियो जी८० प्रोसेसर रहेको छ, यसले गर्दा यस फोनले उच्चस्तरीय कार्य क्षमता प्रदर्शन गर्न सक्दछ । ब्राउजिङ्ग गर्दा तथा मल्टिपल एपहरुको प्रयोग गर्दा स्मुथ, मल्टि टास्किङ्ग एवं कम ब्याट्रि खपत गर्दछ ।

Denim Blue, Denim White र Denim Black  कलर अप्सनमा उपलब्ध फाेनकाे मूल्यकाे कुरा गर्दा ४ जीबी र्‍याम र ६४ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको २० हजार ४९९ रूपैयाँ रहेकाे छ ।

त्यस्तै, ६ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टाेरेज भेरियन्टको २३ हजार ९९९ रहेको छ । यो फोन नेपालभर रहेका सामसङ ब्राण्ड शप तथा रिटेल स्टोरहरुमा उपलब्ध रहेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१