close

अफगानिस्तानमा आपतमा परेका नेपालीलाई उद्धार गर्न अनलाइन विवरण संकलन सुरु

टेकपाना टेकपाना

साउन ३२, २०७८ १२:२६

अफगानिस्तानमा आपतमा परेका नेपालीलाई उद्धार गर्न अनलाइन विवरण संकलन सुरु

काठमाडौं । अफगानिस्तानमा तालिवान लडाकुले सत्ता हातमा लिएपछि निम्तिएको अस्थिरतापछि नेपाल सरकारले त्यहाँ रहेका नेपालीहरूलाई छिटो उद्धार गर्ने निर्णय गरेको छ ।

सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुको विवरण संकलन गर्ने काम सुरु गरिसकेको छ । परराष्ट्र मन्त्रालयले आफ्नो वेबसाइटमार्फत् विवरण संकलन थालेको हो ।

यदि तपाईं अफगानिस्तामा हुनुहुन्छ वा तपाईंका आफन्त त्यहाँ हुनुहुन्छ भने यो लिंकमार्फत आफ्नो विवरण पेश गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

त्यस्तै भाइबर र ह्वाट्सएप नम्बरहरु +९७७-९७४९३२६४५८ र +९७७-९७४९३२६४५९ मा सिधा सम्पर्क गर्ने सुविधा दिइएकाे छ ।

साथै भारतस्थित नेपाली दुतुवासको नम्बर ९१८९२९६०१९२५ मा समेत सम्पर्क गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१