close

तरकारी तथा फलफूलमा हुन सक्ने विषादीको जानकारी अब मोबाइल एपबाटै दिनुपर्ने

टेकपाना टेकपाना

भदौ ४, २०७८ १७:१७

तरकारी तथा फलफूलमा हुन सक्ने विषादीको जानकारी अब मोबाइल एपबाटै दिनुपर्ने

काठमाडौं । अब तरकारी तथा फलफूलमा हुन सक्ने विषादीको मात्रा उपभोक्ता स्वयंले थाहा पाउने गरि मोबाइल एप तथा सामाजिक सञ्जालमार्फत दिनुपर्ने भएको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शिशिरकुमार ढुंगानाको संयोजकत्वमा बसेको बैठकले उक्त निर्णय लिएको हो ।

बजारमा उपलब्ध तरकारी फलफूल लगायत खाद्य पदार्थलाई उपभोग योग्य कायम गर्ने गराउने विषय भएको छलफलबाट उक्त निर्णय भएको हो । छलफल भएको थियो ।

छलफलमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र, औषधि व्यवस्था विभाग र कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रतिनिधिहरू उपस्थिति रहेका थिए ।

छलफलमा सचिव ढुंगानाले बजारमा उपलब्ध हुने तरकारी, फलफूल लगायतका खाद्य तथा पेय पदार्थको सम्बन्धित निकायबाट नियमित अनुगमन गर्नुपर्ने निर्देशन दिएका छन् ।

त्यस्तै तरकारी तथा फलफूलमा हुन सक्ने विषादीको मात्रा उपभोक्ता स्वयंले थाहा पाउने गरि मोबाइल एप तथा सामाजिक सञ्जाल लगायतका माध्यममार्फत उपलब्ध गराउने समेत भनिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१