close

राजधानीमा आईओटी एक्स्पो सुरू, के छ विशेष आकर्षण ?

टेकपाना टेकपाना

मंसिर १६, २०७८ २१:२५

राजधानीमा आईओटी एक्स्पो सुरू, के छ विशेष आकर्षण ?

काठमाडौं । सफ्टवेरिका कलेजको आयोजनामा आजदेखि ‘नेपाल आईओटी च्यालेन्ज’ सुरू भएको छ । १२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै सफ्टवेरिकाले कोभेन्ट्री विश्वविद्यालयको सहकार्यमा आईओटी च्यालेन्ज आयोजना गरेको हो ।

प्रदर्शनीमा विद्यार्थीहरुले बनाएका ड्रोन, स्मार्ट होम, विद्युतीय सवारी, अटोनोमस सवारी, ट्राफिक म्यानेजमेन्ट सिस्टम, स्मार्ट एग्रिकल्चर, स्मार्ट पार्किङ, फ्लड डिटेक्सन, स्मार्ट सेक्युरिटी, फायर कन्ट्रोल रोबोट राखिएका छन् ।

नि:शुल्क प्रवेश रहेको प्रदर्शनी सफ्ट्वेरिका कलेजको प्राङ्गण डिल्लीबजारमा गरिएकाे कलेज प्रमुख प्रमोद पौडेलले बताए ।

विद्यार्थीहरूले आफूसँग भएको प्रतिभा देखाउन यो प्रतियोगितामा पाँच जना सदस्यको समूह बनाएर सहभागी भएका छन् । दर्ता भएका समूहहरुलाई कलेजले गरेको १० दिने निःशुल्क बुटक्याम्पमा आईओटी प्रशिक्षण दिएको थियो ।

प्रशिक्षण सकिएपछि विद्यार्थी समूहले बनाएको आईओटी प्रोजेक्टको प्रदर्शनी आयोजना गरिएको हो । यसरी प्रदर्शनीमा राखिएका प्रोजेक्टमध्ये अवलोकनकर्ताको भोटको आधारमा तीन उत्कृष्टलाई नगद पुरस्कार दिइने पौडेलले बताए ।

पहिलो हुनेले ५०,००० रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो र तेस्रो हुनेले क्रमश: ३०,००० र २०,००० रुपैयाँ प्राप्त गर्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२