close

भायानेटका पुराना ग्राहकलाई अब थोरैमा पनि १०० एमबीपीएसको इन्टरनेट

टेकपाना टेकपाना

मंसिर २४, २०७८ ८:२

भायानेटका पुराना ग्राहकलाई अब थोरैमा पनि १०० एमबीपीएसको इन्टरनेट

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनीले भायानेटले आफ्ना सम्पूर्ण ग्राहकलाई थोरैमा पनि १०० एमबीपीएस गतिको इन्टरनेट उपलब्ध गराउन थालेको छ ।

बिहीवार १२ सय ५० रुपैयाँमा १७५ एमबीपीएको इन्टरनेट सहित दुईवटा भायाटिभीको प्याकेज सार्वजनिक गरेको कम्पनीले पुराना ग्राहकका लागि पनि इन्टरनेटको स्पिड थप गर्ने निर्णय गरेको हो ।

कम्पनीका प्रबन्ध निर्देशक विनय बोहराका अनुसार अब कम्पनीका ग्राहकले थोरैमा पनि १०० एमबीपीएस गतिको इन्टरनेट चलाउन पाउनेछन् ।

‘कम्पनीले पुराना ग्राहकको हकमा सोही मूल्यमा थोरैमा १०० एमबीपीएसलाई आधार मानेर दोब्बर गतिको इन्टरनेट उपलब्ध गराउने निर्णय गरेको हो,’ उनले भने, ‘यसको अर्थ यदि हाल २५ एमबीपीएस गतिको इन्टरनेट चलाउने ग्राहकले पनि १०० एमबीपीएस गतिको इन्टरनेट चलाउन पाउने छन् । त्यो पनि पुरानै मूल्यमा ।’

हाल सय एमबीपीएस गतिको इन्टरनेट चलाइरहेका ग्राहकले २०० एमबीपीएस गतिको इन्टरनेट पाउने उनले जनाए । भन्छन्, ‘यो बिहीवारबाटै सुरु भइसकेको छ ।’

बोहराका अनुसार यो सँगै विस्तारै २५-३० एमबीपीएस गतिको इन्टरनेट विस्थापित हुँदै जानेछ । भने, ग्राहकले थोरै मूल्यमा धेरै गतिको इन्टरनेटको मज्जा लिन पाउनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२