close

अनलाइनबाटै वित्तीय परामर्श दिन ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा

टेकपाना टेकपाना

पुस १८, २०७८ १७:४३

अनलाइनबाटै वित्तीय परामर्श दिन ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा

काठमाडौं । वित्तीय परामर्शदाता कम्पनी ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा आएको छ । सेवाग्राहीलाई वित्तीय क्षेत्रका सम्पूर्ण सेवा उपलब्ध गराउने तथा सूचनामा आधारित भएर सेवाग्राहीले निर्णय लिन सकुन् भन्ने उद्धेश्यसहित अंग्रेजी नयाँ वर्ष २०२२ को अवसर पारी ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा आएको हो ।

कम्पनीका सञ्चालक माधवप्रसाद चम्लागाईले यस कम्पनीले आफ्नो व्यवसाय वृद्धिका लागि वित्तीय संस्थाबाट सेवा लिन आवश्यक कागजात तयारी गरिदिने, सुलभ, सरल र सहज रुपले विभिन्न विकल्पसहित परामर्श उपलब्ध गराउने बताए ।

मुद्रा कन्सल्टले आफ्नो व्यवसाय विस्तारका लागि झन्झटिलो बैङ्किङ प्रकृयाको कारण कागजात नपुगेर भौंतारिरहेका सेवाग्राहीलाई परामर्श दिने तथा कागजात तयार गर्न सहजीकरण गर्नेछ ।

उनले अगाडि भने, ‘वित्त क्षेत्रमा सेवाग्राहीले स–साना कामका लागि धेरै दुःख खेप्नुपर्ने अवस्थालाई सरल र सहज ढङ्गले सम्पूर्ण सेवा प्रदान गर्नका लागि यो कम्पनी खोलिएको हो ।’

विस्तृत बजार अनुसन्धान र सेवाग्राहीको आवश्यकतालाई बुझेर मुद्रा कन्सल्टले सेवा प्रदान गर्ने उनले जनाए ।

‘प्रविधिमैत्री नयाँ पुस्ताले घरमै बसीबसी सेवा लिनसक्ने वातावरण बनाउने हाम्रो प्रयास हुनेछ,’ उनले थपे ।

सेवाग्राहीको आवश्यकताका आधारमा अडिटिङ गर्ने, काजगात तयार गर्ने, वित्तीय परामर्श उपलब्ध गराउने तथा बैंक एवं वित्तीय संस्थाहरुसँग सहकार्य गरी सेवाग्राहीको आवश्यकता अनुसारको सेवा सुविधा सर्वसुलभ ढंगले प्राप्त गर्ने सुनिश्चित्तता प्रदान गरिने चम्लागाईले बताए ।

प्रविधिमैत्री सेवा सुविधा उपलब्ध गराउने योजना अनुरुप निकट भविष्यमा नै मुद्राले नियमित सेवाग्राहीलाई महत्वपूर्ण कागजात राख्ने गरी आर्काइभ सुविधासमेत दिने उनले जनाए ।

‘केही सेवाहरु मुद्रा कन्सल्ट डटकममार्फत सुरु भइसकेको छ । अन्य सेवाहरुको लागि थप काम भइरहेको छ,’ उनले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२