close

कनेक्ट आईपीएसमार्फत सरकारी राजस्व तिर्दै हुनुहुन्छ ? यस्तो छ कारोबार सीमा

टेकपाना टेकपाना

पुस १९, २०७८ १५:३०

कनेक्ट आईपीएसमार्फत सरकारी राजस्व तिर्दै हुनुहुन्छ ? यस्तो छ कारोबार सीमा

काठमाडौं । विगत केही वर्षदेखि नेपालमा डिजिटल भुक्तानीको अभ्यास बढ्दै गइरहेको छ । डिजिटल भुक्तानी प्रचलन बढेसँगै धेरैजसो सेवाग्राहीहरूले अनलाइन भुक्तानी नै रुचाउँछन् भने सरकारी कार्यलयहरूले पनि अनलाइन भुक्तानीलाई प्राथमिकता दिइरहेका छन् ।

त्यसमाथि कनेक्ट आईपीएसका कारण यो काम झनै सहज हुन पुगेको छ । यद्यपि डिजिटल प्रणालीहरूबाट हुने सरकारी राजस्व भुक्तानी कारोबारको पनि केही सीमा रहेका  छन् ।

कनेक्ट आईपीएसको वेबसाइट अथवा मोबाइल एपबाट भुक्तानी गर्दा एक दिनमा एक पटकमा दुई लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिन्छ ।

त्यसैगरी मोबाइल बैंकिङ अथवा इन्टरनेट बैंकिङको माध्यमबाट भने आफ्नो सम्बन्धित बैंक तथा वित्तिय संस्थाको नीतिअनुसार कारोबार गर्न सकिन्छ । डिजिटल वालेटबाट यदि राजश्व भुक्तानी गर्दै हुनुहुन्छ भने नेपाल राष्ट्र बैंकले तोके अनुरूप कारोबार गर्न सकिन्छ ।

त्यस्तै कनेक्ट आईपीएसको सदस्य बैंक तथा वित्तिय संस्थाबाट भुक्तानी गर्दै हुनुहुन्छ भने सम्बन्धित बैंक तथा वित्तिय संस्थाको नियम अनुसार एक पटक २० लाख रुपैयाँ सम्म भुक्तानी गर्न सकिन्छ ।

यदि राजश्व भुक्तानी गर्ने बैंक र तपाईंको बैंक एउटै भएको खण्डमा भने एक पटकमा एक करोड रुपैयाँसम्म भुक्तानी गर्न सकिन्छ । त्यसैगरी आफ्नो बैंक र भुक्तानी गर्ने बैंक फरक भएको खण्डमा एनसीएचएल-आईपीएस मार्फत एक पटकमा ३० करोड रुपैयाँसम्म भुक्तानी गर्न सकिन्छ ।

कर्पोरेट पे अर्थात व्यावसायिक भुक्तानी तर्फ पनि भुक्तानी गर्ने बैंक र तपाईंको बैंक एउटै भएको खण्डमा एक पटकमा २० लाख रुपैयाँ देखि एक करोड रुपैयाँसम्म भुक्तानी गर्न सकिने जनाइएको छ ।

यदि आफ्नो बैंक र भुक्तानी गर्ने बैंक फरक छ भने त्यस्तो खण्डमा एनसीएचएल-आईपीएस मार्फत एक पटकमा ३० करोड रुपैयाँ सम्म भुक्तानी गर्न सकिन्छ जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२