close

स्न्यापच्याट चलाउनुहुन्छ ? यसरी बनाउनुहोस् पब्लिक प्रोफाइल

टेकपाना टेकपाना

माघ १, २०७८ १७:१८

स्न्यापच्याट चलाउनुहुन्छ ? यसरी बनाउनुहोस् पब्लिक प्रोफाइल

काठमाडाैं । स्न्यापच्याटको पब्लिक प्रोफाइलमा तपाईंले फोटो एड गर्न, बायो डिस्क्रिप्सन लेख्न, लोकेशन एड गर्न, स्टोरी एड गर्न र लेन्स एड गर्न सक्नुहुन्छ । अरु स्न्यापच्याट प्रयोगकर्ताले तपाईंको पब्लिक प्रोफाइललाईं सब्स्क्राइब पनि गर्न पाउँछन् ।

तपाईंले आफ्नो प्रोफाइलमा सब्स्क्राइबर संख्या पनि देख्न सक्नुहुन्छ । पब्लिक प्रोफाइल पहिले केही भेरिफाइड प्रयोगकर्ताका लागि मात्र सीमित गरिएको थियो । अहिले भने सबै प्रयोगकर्ताको लागि यो खुला गरिएको छ ।

यद्यपि स्न्यापच्याटमा स्थापित प्रयोगकर्ताका लागि क्रियटर अकाउन्ट छ, जसमा जान तपाईंलाई कम्तिमा १०० सब्स्क्राइबर आवश्यक पर्छ । 

स्न्याप्च्याट पब्लिक प्रोफाइल बनाउन आवश्यक कुरा : 

-१८ वर्ष नाघेको हुनुपर्ने 

-स्न्यापच्याट चलाएको कम्तिमा २४ एक दिन हुनु्पर्ने 

-कम्तिमा एक जना साथी हुनुपर्ने (दुवै पक्षले एड गरेको)

-कम्तिमा १ स्न्याप आएको हुनुपर्ने 

यसरी बनाउनुहोस् स्न्यापच्याट पब्लिक प्रोफाइल : 

-स्न्यापच्याट एप खोलेर आफ्नो प्रोफाइलमा जानुहोस् ।

-स्पोटलाइट एण्ड म्याप सेक्सनभित्र स्पोट लाइटको छेउमा रहेको तीन धर्कामा क्लिक गर्नुहोस् ।  

-क्रिएट पब्लिक प्रोफाइलमा क्लिक गर्नुहोस् ।  

-गेट स्टार्टेड पछि क्रिएट गर्नुहोस् ।  

-त्यसपछि पब्लिक प्रोफाइल सेक्सन क्लिक गरेर आफ्नो पब्लिक प्रोफाइल भिजिट गर्न सक्नुहुन्छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२