close

पासपोर्टको अनलाइन फारम किर्ते गर्ने तीन जना पक्राउ

टेकपाना टेकपाना

माघ २३, २०७८ ९:८

पासपोर्टको अनलाइन फारम किर्ते गर्ने तीन जना पक्राउ

काठमाडौं । राहदानीको अनलाइन फर्म किर्ते गर्ने कार्यमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा काठमाडौं सोल्टिमोड बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ घर भएका ३५ वर्षीय दिनेश तामाङ, काठमाडौं टोखा बस्ने लम्जुङ बेसीसहर गाउँपालिका–११ घर भएका ४० वर्षीय नवीनकुमार श्रेष्ठ र सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ चनौटे घर भएका ३६ वर्षीय यमबहादुर थापा मगर रहेका छन् ।

काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वरस्थित राहदानी विभागको हाताबाहिर राहदानीको अनलाइन फर्मको किर्ते गरी सेवाग्राहीहरुबाट रकम असुल उपर गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नगद ४० हजार रुपैयाँ, १ थान कम्प्युटर, १ थान ल्यापटप, १ थान प्रिन्टर र ५० थान किर्ते गरिएका कागजपत्र समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरूमाथि किर्ते गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२