close

एन्ड्रोइडलाई टक्कर दिन यसै वर्षभित्र विश्व बजारमा आउँदै ह्वावेको हार्मोनी ओएस

टेकपाना टेकपाना

माघ २६, २०७८ १२:७

एन्ड्रोइडलाई टक्कर दिन यसै वर्षभित्र विश्व बजारमा आउँदै ह्वावेको हार्मोनी ओएस

काठमाडौं । चिनियाँ स्मार्टफोन तथा दूरसञ्चार उपकरण निर्माता कम्पनी ह्वावेले सन् २०२२ भित्रै आफ्नो हार्मोनी ओएसको ग्लोबल भर्सन सार्वजनिक गर्ने भएको छ । एन्ड्रोइडको तुलनामा कम्पनीको ‘हार्मोनी ओएस’ धेरै फिचरका साथ सार्वजनिक भएको छ ।

सार्वजनिक भएको एक वर्ष बितिसक्दा पनि हालसम्म यो चिनियाँ प्रयोगकर्तामाझ मात्रै उपलब्ध छ । चीनमा रहेका आफ्ना प्रयोगकर्तालाई नयाँ ओएस उपलब्ध गराएको भएपनि विश्वका अन्य बजारमा भने हालसम्म उपलब्ध भएको छैन ।

यस्तोमा कम्पनीले हार्मोनी ओएसको ग्लोबल भर्सन कहिलेबाट बजारमा उपलब्ध गराउँछ भन्ने विषयमा सबैको चासो छ । हुन त हालसम्म कम्पनीले हार्मोनी ओएसको ग्लोबल भर्सन कहिले सार्वजनिक हुन्छ भन्ने विषयमा कुनै स्पष्ट जानकारी त दिएको छैन ।

यस्तोमा ह्वावेको बेटा भर्सनबारे जानकारी दिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ह्वावे सेन्टरले भने हार्मोनी ओएस सन् २०२२ भित्रै सार्वजनिक हुने दाबी गरेको छ । यसका साथै हार्मोनी  ओएसको विषयमा अर्को एक प्रतिवेदन समेत सार्वजनिक भएको छ ।

उक्त प्रतिवेदनले पनि हार्मोनी ओएसको ग्लोबल भर्सन सन् २०२२ भित्रै सार्वजनिक हुने देखाएको छ । यसरी प्रतिवेदन नै सार्वजनिक भएपछिको कुराकानीमा कम्पनीले चाँडै हार्मोनी ओएसको ग्लोबल भर्सन सार्वजनिक हुने प्रतिक्रिया दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । तर, सार्वजनिक हुने मिति भने तय यकिन नभएको जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२