close

ई-सेवामा नबिल बैंकको खाता लिङ्क गर्दा १०० रुपैयाँ बोनस पाइने

टेकपाना टेकपाना

फागुन ६, २०७८ १५:२६

ई-सेवामा नबिल बैंकको खाता लिङ्क गर्दा १०० रुपैयाँ बोनस पाइने

काठमाडौं । ई-सेवामा नबिल बैंकको खाता लिङ्क गर्दा १०० रुपैयाँ बोनस पाउन सकिने भएको छ । नबिल बैंकमा खाता रहेका प्रयोगकर्ताले आफ्नो ई-सेवा वालेटमा आफ्नो खाता लिङ्क गर्दा यस्तो बोनस पाइने भएको हो ।

तर यस अघि नै लिङ्क गरिसकेका प्रयोगकर्ताले भने यस्तो सुविधा पाउने छैनन् । यो अफर आगामी मार्च ३ तारिखसम्म जारी रहनेछ । खाता लिङ्क गर्दा बोनस रकम २४ घण्टाभित्रै उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

यद्यपि बोनस रकममा २५ प्रतिशत कर समेत कटौती हुने बताइएको छ ।  ई-सेवामा छिटो र सजिलो रुपमा रकम लोड गर्न सकिने गरी यस अघि देखि नै विभिन्न बैंक खाता लिङ्क गर्न सकिने सुविधा उपलब्ध छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२