close

आकर्षक डिजाइनमा ‘फाइनान्सियल नोटिसेस’ एप, १ लाख पुग्यो डाउनलोड संख्या

टेकपाना टेकपाना

फागुन २४, २०७८ १०:१

आकर्षक डिजाइनमा ‘फाइनान्सियल नोटिसेस’ एप, १ लाख पुग्यो डाउनलोड संख्या

काठमाडौं । ‘फाइनान्सियल नोटिसेस’ एप डाउनलोड गर्नेको संख्या एक लाख नाघेको छ । बैंक तथा वित्तीय क्षेत्रको डिजिटल सूचना प्रदान गर्ने ‘फाइनान्सियल नोटिसेस’ एन्ड्रोइड, आईओएस र वेब भर्सनमा उपलब्ध छ ।

नेपाली वित्तीय बजारमा लोकप्रिय बन्दै गएको ‘फाइनान्सियल नोटिसेस्’ एपबाट आफूले कारोबार गर्ने वा जानकारी लिन चाहेको बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण सूचना, ताजा आर्थिक समाचार, नयाँ योजना तथा महत्वपूर्ण आर्थिक जानकारी लगायतका जानकारी लिन सकिन्छ ।

त्यस्तै एपबाट बैंक, वित्त, बीमा र पूँजी बजारको सम्पूर्ण आर्थिक गतिविधि, लगानीको अवसर, सम्भावना र चुनौती, समग्र अर्थतन्त्रको अवस्था, सरकारको नीति, नेपाल र विश्व अर्थ जगतको सम्पूर्ण आर्थिक जानकारी लिन सकिन्छ ।

याे एप हालै नयाँ प्रविधि (फ्लटर टेक्नोलोजी) मा अद्यावधिक गरिएको छ । कम्पनीका अनुसार एपलाई आकर्षक ग्राफिक्स लेआउटमा परिवर्तन गरी प्रयोगकर्ताको उत्कृष्ट अनुभव समेटिने हिसाबले प्रयोगकर्तामैत्री बनाई केही महत्वपूर्ण फिचरहरू थप गरिएको छ ।

नेपाली र अंग्रेजी दुवै भाषा छनोट गर्न मिल्ने, फिङ्गर प्रिन्ट वा पिनको सहायताले एप लक गर्न सकिने उक्त एप अबदेखि डार्क मोडमा समेत प्रयोग गर्न सकिन्छ ।

दैनिक रुपमा गरिने खर्च र आम्दानीको हिसाब विवरण राख्ने “फाइनान्स ट्रयाकर” को फिचर र व्यक्तिगत वा संस्थाको दैनिक लेनदेन कर्जा सापटीको लेखा राख्न सकिने “क्रेडिट ट्रयाकर” सुविधालाई थप व्यवस्थित गरी सामान्य नागरिकले समेत प्रयोग गर्न सकिने गरी अद्यावधिक गरिएको छ ।

त्यस्तै सूचनाहरुलाई अडियो नेपाली भर्सनमा समेत सुन्न मिल्ने गरी अद्यावधिक गरएको छ । फाइनान्सियल क्यालकुलेटरमा शेयरबजारसँग सम्बन्धित क्यालकुलेटरहरुको थप सुविधा थपिएको कम्पनीले जनाएको छ ।

एप डाउनलोड गर्नेको संख्या एक लाख पुगेको उपलक्ष्यमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश अर्यालले डिजिटल सूचनाप्रति आमनागरिकको चासो बढ्नुले वित्तीय साक्षरता अभिवृद्धि गर्ने अभियानमा आफूहरूलाई ठूलो जिम्मेवारी थपिएको महसुस गरेको बताएका छन्‌ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२