close

खल्तीबाट अब बैंक खातामा निःशुल्क रकम ट्रान्सफर गर्न सकिने

टेकपाना टेकपाना

चैत ७, २०७८ १५:४०

खल्तीबाट अब बैंक खातामा निःशुल्क रकम ट्रान्सफर गर्न सकिने

काठमाडौं । खल्ती डिजिटल वालेटले निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध गराएको छ । यसमार्फत प्रयोगकर्ताले निःशुल्क जहाँसुकै बसी ‘खल्ती’ मार्फत कुनै पनि बैंक खातामा तत्काल पैसा पठाउन सक्छन् ।

यो अफर प्रयोगकर्ताका लागि बैंक ट्रान्सफर प्रक्रियालाई सरल र सजिलो प्रक्रिया बनाउन खल्तीको प्रयासको एक हिस्सा भएको कम्पनीले जनाएको छ ।

खल्तीबाट प्रति कारोबार सीमा रकम रु. ५०,००० र प्रतिदिन रु. एक लाख रहेको छ । प्रयोगकर्ताले सजिलैसँग यो रकम निःशुल्क कुनै पनि बैंकमा ट्रान्सफर गर्न सक्नेछन् ।

यो अफर वैशाख ६, २०७९ सम्म लागू हुने जनाइएकाे छ ।

‘खल्ती सधैं प्रयोगकर्ताका लागि सुविधा सहज र प्रभावकारी बनाउनमा विश्वास गर्दछ र यो अभियानले डिजिटल फन्ड ट्रान्सफर र प्रयोगकर्ताको बचत गर्ने बानीलाई बढावा दिने अपेक्षा गरिएको छ,’ खल्तीका सीईओ विनय खड्काले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३