close

आईफोन १४ मा चिनियाँ कम्पनी बीओईको ओएलईडी डिस्प्ले प्रयोग हुने

टेकपाना टेकपाना

बैशाख ९, २०७९ २१:३२

आईफोन १४ मा चिनियाँ कम्पनी बीओईको ओएलईडी डिस्प्ले प्रयोग हुने

काठमाडौं । एप्पलले आफ्नो आगामी उत्पादन आईफोन १४ मा प्रयोग हुने डिस्प्लेका लागि चिनियाँ डिस्प्ले निर्माता कम्पनी बीओईसँग सहकार्य गरेको छ । कम्पनीले ५० मिलियन यूआन बराबरको डिस्प्ले खरिदका लागि कम्पनीसँग सम्झौता गरेको हाे ।

अन्तर्राष्ट्रिय सञ्चार माध्ययमका अनुसार एप्पलले आईफोन १४ को २५ प्रतिशत मोबाइलमा बीओईले निर्माण गरेको ओएलईडी डिस्प्ले प्रयोगमा ल्याउने छ । बीओईले हालसम्म ६.१ इन्चको डिस्प्ले मात्रै निर्माण गर्दै आएको छ ।

यसको अर्थ आईफोन १४ म्याक्स र आईफोन प्रोमा भने यो डिस्प्ले हुनेछैन । आईफोन १४ मा बीओईको स्क्रिन प्रयोगमा आएपनि आईफोन १४ म्याक्स र आइफोन प्रोमा भने एप्पलले सामसङ अथवा एलजीले निर्माण गरेको स्क्रिनै प्रयोगमा ल्याउनु पर्ने बाध्यता छ ।

यद्यपि बीओईका लागि भने यो ठूलो अवसरको रुपमा हेरिएको छ । बीओई र आईफोनबीच भएको यो नै पहिलो सम्झौता हो । यसअघि बीओईका डिस्प्ले कुनै पनि आईफोनमा प्रयोगमा आएको थिएन । तर, अब भने कम्पनीले एप्पलका पुराना आईफोन मोडलको बिग्रिएका डिस्प्ले रिप्लेसमेन्टका लागि पनि डिस्प्ले तयार गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२