close

ट्वीटरको स्वामित्व लिनुअघि एलन मस्कले बेचे ८.५ अर्ब डलर बराबरको टेस्लाको शेयर

टेकपाना टेकपाना

बैशाख १७, २०७९ १९:२०

ट्वीटरको स्वामित्व लिनुअघि एलन मस्कले बेचे ८.५ अर्ब डलर बराबरको टेस्लाको शेयर

काठमाडौं । टेस्ला इंकका प्रमुख कार्यकारी एलन मस्कले कम्पनीमा भएको ८.५ अर्ब डलर बराबरको आफ्नो शेयर बिक्री गरेका छन् । ट्वीटरको स्वामित्व लिनुअघि उनले टेस्लामा रहेको आफ्नो शेयर बिक्री गरेका हुन् ।

यही हप्तामात्र मस्कले टेस्लाको ९६ लाख कित्ता बिक्री गरेका छन् । यद्यपि उनले आफ्नो नामको सबै शेयर बिक्री गरेको हो वा होइन भन्ने विषयमा भने केही कुरा नखुलाइएको रोयर्टसले जनाएकाे छ ।

यो सबै शेयर मस्कले गत हप्ताको सोमबार ट्वीटर खरिद गर्ने कुरा पक्का भएपछि बिक्री गरेका हुन् । विश्वकै धनाढ्य व्यक्ति मस्कसँग हाल २६८ अर्ब डलर बराबरको सम्पत्ति छ ।

पाँच प्रतिशतसम्म वृद्धि भएको टेस्लाको शेयर मस्कले ट्वीटरको शेयर खरिद गर्ने वित्तिकै २० प्रतिशसम्म घटेको थियो । हाल ट्वीटरको स्वामित्वका लागि रकम जुटाउन पनि उनले आफ्नो शेयर बिक्री गरिरहेको अनुमान गरिएको छ ।

गत वर्षको नोभेम्बर र डिसेम्बरपछि उनले अहिले आफ्नो शेयर बिक्री गरेका हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२