close

स्थानीय निर्वाचन : अनलाइनबाट यसरी हेर्नुहोस् आफ्नो क्षेत्रको मतपत्र

टेकपाना टेकपाना

बैशाख १८, २०७९ १७:२५

स्थानीय निर्वाचन : अनलाइनबाट यसरी हेर्नुहोस् आफ्नो क्षेत्रको मतपत्र

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि सम्पूर्ण उम्मेदवारलाई चुनाव चिन्ह उपलब्ध गराएसँगै वेबसाइटमार्फत आफ्नो क्षेत्रमा हुने चुनावको मतपत्र हेर्न सकिने भएको छ ।

हरेक निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल, गठबन्धन र स्वतन्त्र रूपमा उठेका उम्मेदवारको चुनाव चिन्ह भिन्नाभिन्नै हुने भएकाले मतपत्र पनि भिन्नाभिन्नै बनाइएको हुन्छ ।

आफ्नो क्षेत्रको मतपत्र कस्तो छ भन्ने जान्न यहाँ क्लिक गर्नुहोस् । साे लिंकमा क्लिक गरिसकेपछि तपाईंले आफ्नो जिल्लाको नाम देख्न सक्नुहुन्छ ।

आफ्नो जिल्ला छानिसकेपछि त्यहाँ तपाईंको क्षेत्रको चुनावमा प्रयोग हुने मतपत्रको नमुना राखिएको हुन्छ । जसबाट आफ्नो क्षेत्रमा उठेका उम्मेदवारले कुन कुन चुनाव चिन्ह पाएका छन् भन्ने कुराको जानकारी पाउन सकिन्छ ।

तपाईंले आफूले चाहेको उम्मेदवारका लागि भोट अपील गर्दा सोही नमूनापत्र प्रयोग गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२