२०७९, ५ जेष्ठ बिहिबार   |  
Thursday 19th May 2022

इन्टरनेट सेवाप्रदायक कम्पनी रोयल नेटवर्कको लाइसेन्स खारेज

Royal Net internet

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाप्रदायक कम्पनी रोयल नेटवर्क प्रालिको अनुमतिपत्र खारेज गरेको छ । नवीकरणका लागि नियमानुसार निवेदन पेश नगरेको कारण देखाउँदै उक्त कम्पनीको लाइसेन्स स्वतः खारेज भएको नियामकले जनाएको छ ।

एक सूचना जारी गर्दै प्राधिकरणले इन्टरनेट सेवा सञ्चालन गरेवापत नेपाल सरकार तथा प्राधिकरणलाई नियमानुसार बुझाउनुपर्ने रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष वापतको दस्तुर र वित्तीय विवरण अविलम्ब बुझाउन समेत भनेको छ । ‘अन्यथा उपरोक्त बाँकी बक्यौता रकम सरकारी बाँकी सरह प्रचलित कानून अनुसार असुल उपर गरिने व्यहोरा समेत यसै सूचनामार्फत जानकारी गराइन्छ,’ प्रधिकरणले भनेको छ । 

रोयल नेटवर्क प्रालिले २०७४ वैशाख १५ गते इन्टरनेट तथा ईमेल सेवा सञ्चालनका लागि प्राधिकरणबाट अनुमतिपत्र पाएको थियो । उक्त कम्पनीको लाइसेन्स खारेज भएसँगै अब यस्तो लाइसेन्स रहेका कम्पनीको सङ्ख्या १३६ मा सीमित भएको छ ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team