close

ह्वाट्सएप स्ट्याटसमा नयाँ फिचर, अब लिंक प्रिभ्यु गरेर हेर्न मिल्ने

टेकपाना टेकपाना

जेठ २, २०७९ १६:४६

ह्वाट्सएप स्ट्याटसमा नयाँ फिचर, अब लिंक प्रिभ्यु गरेर हेर्न मिल्ने

काठमाडौं । पछिल्लो समय ह्वाट्सएप स्ट्याटस धेरैका लागि लिंक शेयर गर्ने चर्चित प्लेटफर्म बन्दै आएको छ । आफ्ना कन्ट्याक्ट लिस्टमा भएका साथीभाइलाई लिंक शेयर गर्ने यो निकै प्रभावकारी विकल्प हो ।

यस्तोमा ह्वाट्सएपले यसलाई अझ बढी प्रभावकारी बनाउने तयारी गरेको छ । हालसम्म ह्वाट्सएपको स्ट्याटसमा लिंक शेयर गरेपनि उक्त लिंकमा भएको जानकारी हेर्न क्लिक नै गर्नुपर्ने बाध्यता छ ।

त्यसलाई सहज बनाउँदै कम्पनीले अब भने त्यसमा प्रिभ्यु फिचर उपलब्ध गराउने भएको हो । योसँगै ह्वाट्सएप स्ट्याटसमा शेयर भएको लिंक केसँग सम्बन्धित छ भन्ने जानकारी त्यही हेर्न सकिने छ ।

हुन त यो विषयमा कम्पनीले कुनै जानकारी दिएको भने छैन । ह्वाट्सएपको बेटा भर्सनबारे जानकारी दिने प्लेटफर्म ‘वाबेटाइन्फो’ ले यो विषयमा जानकारी सार्वजनिक गरेको हो ।

वाबेटा इन्फाेका अनुसार यो फिचर आईओएसको बेटा भर्सनमा देखापरेको हो । तर, कम्पनीले यो फिचर एन्ड्रोइड र आईओएस दुवैमा सार्वजनिक गर्ने तयारी गरिरहेको उल्लेख छ ।

साथै वेब भर्सनमा समेत यो फिचर उपलब्ध हुने जनाइएको छ । यसका साथै कम्पनीले ह्वाट्सएपमा आएको म्यासेजलाई तत्कालै रिप्लाई दिन सकिने गरी ‘शर्टकर्ट’ बटन पनि उपलब्ध गराउने तयारी गरिरहेको जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२